रेलमन्त्रीसँग भेटवार्ता, विष्टले दोहोऱ्याए वनाधिकार कानून लागू नभएसम्म रेलवेको निर्माणकार्य रोक्नुपर्ने माग

0
907

दार्जीलिङ, 16 मार्चः दार्जीलिङ र कालेबुङ जिल्लामा वनाधिकार कानून लागू नभएसम्मका लागि सेवक-रम्फू रेल परियोजनाको निर्माणकार्य बन्द गर्नुपर्ने मागलाई सांसद राजु विष्टले पुनः उठाएका छन्।

सोमवार रेल मन्त्री पीयूष गोयलसँग भेट गरी विष्टले यस्तो माग गरेका हुन्।

यसभन्दा अघि उनले संसदमा पनि यो माग उठाइसकेका छन् भने पछिल्लोपटक केन्द्रिय जनजाति मामिला मन्त्री अर्जुन मुण्डाअघि पनि सोही माग राखेका थिए।

आज रेलमन्त्रीसँगको भेटवार्तामा उनले सेवक-रम्फू रेल परियोजनाबाट प्रभावित वनबस्तीवासीहरूलाई पुनःस्थापना र क्षतिपूर्ति सुनिश्चित गर्नुपर्ने माग पनि गरेका छन्।

भेटवार्ताबारे विष्टले एक विज्ञप्तिमार्फत् जानकारी गराएअनुसार क्षेत्रका सेवक-रम्फू रेल परियोजनाबाट कुनै मानिस पनि पीड़ित नहोस् भन्नका लागि रेल मन्त्रालयले पदक्षेप चाल्ने रेलमन्त्रीले आश्वासन दिएका छन्।

यसैबीच, देश स्वतन्त्रको 72 वर्षसम्म पनि उपेक्षित रहँदा आएका क्षेत्रका लागि रेल मन्त्री पीयूष गोयलले नयाँ क्षेत्रहरूमा सम्पर्कका लागि जोड़ दिने कुरामा आशावादी दिएका छन्, जसले क्षेत्रका सबै हितधारकलाई न्याय प्रदान गर्नेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here