दार्जीलिङ, 17 मार्चः कोरोना भाइरसको बढ़्दो खतराबीच सामाजिक संस्था हेल्पिङ ह्याण्ड ‘सेवा गरौं’ दार्जीलिङका सदस्यहरूले आज शहरमा निःशुल्क माक्स वितरण गरे।
विश्वसँगै भारतमा पनि कोरोना सङ्क्रमणको मामिला बढ़ेपछि नागरिकहरूलाई कोरोना भाइरसको बढ़्दो जोखिम र यसबाट बच्ने उपायबारे सचेत गराउन आज हेल्पिङ ह्याण्डका सदस्यहरूले निःशुल्क मास्क वितरण गरेको बताइएको छ। उनीहरूले दार्जीलिङ बजार घुमी घुमी आज मास्क वितरण गरेका थिए।
उल्लेखनीय छ, जून 2019 मा स्थापित सामाजिक संस्था हेल्पिङ ह्याण्डले शुरुदेखि यसप्रकारका सेवा कार्य गर्दै आइरहेको छ।
कोरोना भाइरसको बढ़्दो प्रकोपसँगै मास्कको अभाव भइरहेको समयमा हेल्पिङ ह्याण्डका यी सदस्यहरूले आज दार्जीलिङ यसरी निःशुल्क माक्स वितरण गरी महत् कार्य गरेका छन्।