कालेबुङ, १७ मार्चः आज अपराह्न करिब ३.३० बजे राष्ट्रिय राजमार्ग १० स्थित सन्तुलेनजिक एसके ०१ जे २३७७ नम्बरको यात्रीवाहक सुमो गोल्ड गाड़ी दुर्घटना हुँदा ज्यान गुमाउने पाँचजनै यात्री भुवनेश्वर ओडियानिवासी रहेको रम्बी थाना सूत्रले जानकारी दिएको छ।
जबकि घाइते हुनेमध्ये एकजना नदिया पश्चिम बङ्गालनिवासी र अन्य दुईजना भुवनेश्वरनिवासी रहेको बताइएको छ। घाइतेहरूलाई उपचारका लागि सिलगढ़ी पठाइएको छ।
उक्त वाहन पूर्व सिक्किमबाट एनजेपीतर्फ गइरहेको थियो भने वाहनमा चालक भुपाल छेत्रीसहित ९ यात्रु सवार थिए। चालक छेत्री पनि घाइते भएका बताइएको छ। पुलिसका अनुसार वाहन मूल सड़कबाट करिब १०० फुट तल खसेको छ।
जानकारीका अनुसार केही दिनअघि सिक्किम घुम्न आएका उनीहरू आज आ-आफ्ना घर फर्किरहेका थिए। दुर्घटनाबारे सूचना पाएलगत्तै घटनास्थलमा पुगेकी रम्बी पुलिसले स्थानीयहरूको सहयोगमा उद्धार कार्य गरेको थियो।
मृतकहरूका नाम
अभिजीत रावत (भुवनेश्वर, ओडिसा)
रतिकान्त नन्द (भुवनेश्वर, ओडिसा)
शकुन्तला नन्द (भुवनेश्वर, ओडिसा)
सुलोचना नन्द (भुवनेश्वर, ओडिसा)
सबिता नन्द (भुवनेश्वर, ओडिसा)
घाइतेहरूका नाम
डली दास (नदिया पश्चिम बङ्गाल)
साइस्नेह रथ (भुवनेश्वर, ओडिसा)
स्वेतापद्मा नन्द (भुवनेश्वर, ओडिसा)