चण्ड़ीगढ़, १९ मार्चः कोरोना भाइरसको कारण भारतमा मर्नेहरूको सङ्ख्या चार पुगेको छ। आज कोरोना सङ्क्रमित ७२ वर्षीय वृद्धको पञ्जाबमा मृत्यु भएपछि भारतमा मृतकहरूको सङ्ख्या चार पुगेको हो। मृतक पञ्जाबको नवांशहरनिवासी हुन्।
जाँचमा वृद्ध कोरोना भाइरस सङ्क्रमित भएको पाइएको थियो। अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेहरू सबै ६० वर्ष माथिका छन्।
पञ्जाबका एक वरिष्ठ अधिकारीका अनुसार यी वृद्ध जर्मनीबाट इटली हुँदै दुई साता अघि पञ्जाब आएका थिए।
स्नातकोत्तर चिकित्सा शिक्षा र अनुसन्धान संस्थान (पीजीआईएमईआर)-का निदेशक जगत रामका अनुसार मृतक मधुमेह र उच्च रक्त चापले पनि ग्रसित थिए।
जाँचमा वृद्ध कोरोना भाइरस सङ्क्रमित रहेको पुष्टि भएको थियो। आज बाङ्गा समुदायिक स्वास्थ्य केन्द्रमा उनको मृत्यु भएको हो।
यसभन्दा अघि कर्नाटक, दिल्ली र महाराष्ट्रमा एक-एकजनाको मृत्यु भइसकेको छ। अर्कोतिर, अहिलेसम्म देशमा १८१ जना कोरोना भाइरस सङ्क्रमित पाइएको छ। कोरोना सङ्क्रमित मानिसहरूको सङ्ख्या दिनहुँ बढ़्दै गएकोले मानिसहरूमा त्रसित बनिरहेका छन्।