सांसद पीडी राईले भेटे केन्द्रिय मन्त्री जोएल उराँवलाई

0
1445
मन्त्री उराँवलाई जनजातिको मागसम्बन्धित पुस्तक प्रदान गर्दै सांसद पीडी राई।

गान्तोक, 7 जनवरी : जनजाति मन्त्रालयको उच्चस्तरीय कमिटी सिक्किम आउनभन्दा एकदिन अघि राज्यका लोकसभा सांसद पीडी राईले केन्द्रिय जनजाति मामिला मन्त्री जोएल उराँवलाई नयाँ दिल्लीमा भेट गरेका छन्।

यो भेटवार्तामा सांसद राईले मन्त्री उराँवलाई गान्तोक सम्पन्न भएको जनजाति सम्मेलन 2018-को पुस्तक प्रदान गरे। उल्लेखनीय छ, केही दिन अघि यो पुस्तकको लोकार्पण भएको थियो, जसमा गत वर्ष राज्यमा सम्पन्न भएको जनजाति सम्मेलनका सबै रिपोर्ट सामेल गरिएको छ।

केन्द्रिय मन्त्रीलाई भेट गरेपछि जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै सांसद राईले भने, “गोर्खा समुदायका 11 जातगोष्ठीलाई केन्द्रिय जनजातिको मान्यता प्रदान गर्ने विषयमा आज  मैले केन्द्रिय मन्त्री जोएल उराँवलाई भेट गरेको हुँ। यो भेटवार्तामा केन्द्रिय मन्त्रीले सकारात्मक आश्वासन दिएका छन्।”

जनजाति मन्त्रालयकै पहिलाको कमिटीले रिपोर्ट बुझाउन ढिलो गरेकोले जनजाति मान्यता प्रदान गर्न विलम्ब भएको उराँवले बताएको पनि सांसद  पीडी राईले जानकारी गराएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here