भारतमा कोरोना सङ्क्रमित मानिसहरूको सङ्ख्या बढ़ेर २००

0
1084

नयाँ दिल्ली, २० मार्चः भारत दिनहुँ कोरोना भाइरस सङ्क्रमित मानिसहरूको सङ्ख्या बढ़िरहेको छ। शुक्रवार बिहानसम्म यो सङ्ख्या बढ़ेर २०० नाघिसकेको, जबकि चारजनाको मृत्यु भइसकेको छ।

अर्कोतिर २० जना कोरोना सङ्क्रमित मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।

कोरोनाको बढ़्दो मामिलालाई ध्यानमा राखेर भारत सरकारले सबै अन्तर्राष्ट्रिय उड़ानलाई २२ देखि २९ मार्चसम्म पूर्णरूपले रोक लगाएको छ।

सरकारका अनुसार २२ मार्चको मध्यरातिदेखि विदेशबाट आउने कुनै पनि विमान अवतरण गर्ने छैन।

 डब्ल्यूएचओको ताजा आँकड़ाका अनुसार अहिलेसम्म कोरोना भाइरस १६८ देशमा फैलिसकेको छ।

विश्वभर अहिलेसम्म २,०९,८३९ मानिस सङ्क्रमित भएका छन्, जबकि ९००० भन्दा अधिक मानिसको मृत्यु भइसकेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here