23-27 मार्चसम्म दार्जीलिङ, खरसाङ, कालेबुङसहित राज्यका 23 जिल्लाका विभिन्न क्षेत्र लकडाउन

0
1841

कोलकाता, 22 मार्चः कोरोना भाइरसको खतरालाई ध्यानमा राखेर राज्यका 23 वटा जिल्लालाई कभर्ड (लकडाउन) गर्ने घोषणा गरेको छ।

देशलगायत राज्यमै कोरोना भाइरसको बढ़्दो प्रकोपलाई ध्यानमा राखेर ‘पूर्ण सुरक्षा प्रतिबन्ध’ राज्य सरकारले 23 वटा जिल्ला भोलि अर्थात् सोमबार 4 बजेदेखि 27 मार्च राति 12 बजेसम्म लकडाउन गर्ने घोषणा गरेको हो।

राज्य सरकारद्वारा जारी अधिसूचनाका अनुसार दार्जीलिङ, खरसाङ, कालेबुङ र सिलगढ़ी टाउन कभर्ड (लकडाउन) हुनेछ।

लकडाउनअवधि केवल आवश्यक र आपत्कालीन सेवा मात्र सुचारू रहने बताइएको छ।

अधिसूचनाका अनुसार कोचबिहार (डिस्ट्रिक टाउन), अलिपुरद्वार (डिस्ट्रिक टाउन र जयगाउँ टाउन), जलपाइगढ़ी (डिस्ट्रिक टाउन), कालेबुङ (डिस्ट्रिक टाउन), दार्जीलिङ, खरसाङ र सिलगढ़ी टाउन, उत्तर दिनाजपुर (सम्पूर्ण जिल्ला), दक्षिण दिनाजपुर (डिस्ट्रिक टाउन), मालदा (सम्पूर्ण जिल्ला), मुर्शिदाबाद (सम्पूर्ण जिल्ला), नदिया (सम्पूर्ण जिल्ला), वीरभूम (सबै नगरपालिका टाउन), पश्चिम बर्धमान (सम्पूर्ण जिल्ला), पूर्व बर्धमान (डिस्ट्रिक टाउन, कलना टाउन, कट्वा टाउन), पुरुलिया (डिस्ट्रिक टाउन), बाँकुड़ा (डिस्ट्रिक टाउन, बारजोड़ा टाउन, विष्णुपुर टाउन), पश्चिम मेदिनीपुर (डिस्ट्रिक टाउन, खड़कपुर टाउन, घाटल टाउन), झारग्राम (डिस्ट्रिक टाउन), पूर्व मेदिनीपुर (डिस्ट्रिक टाउन, हल्दिया टाउन, दिघा टाउन, कोलाघाट टाउन, कोन्ताइ टाउन), हावड़ा (सम्पूर्ण जिल्ला), हुगली (डिस्ट्रिक टाउन, चन्दननगर टाउन कोननगर टाउन,  आरामबाघ टाउन, श्रीरामपुर टाउन, उत्तरपाड़ा टाउन), दक्षिण २४ परगना (डायमन्ड हार्बर, कनिङ, सोनारपुर, बराइपुर, बाँगड़, बज बज, महेशतला), उत्तर २४ परगना (सल्टलेक र न्यू टाउनसहित सबै नगरपालिका टाउन  र कोलकाता (सबै कोलकाता नगरनिगम क्षेत्र) 23 मार्चदेखि 27 मार्चसम्म लकडाउन (कभर्ड) रहनेछन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here