चीनमा अर्को भाइरसको डर, हन्ता भाइरसले एकको मृत्यु

0
1672

बेजिङ, 24 मार्चः चीनमा फेरि अर्को भाइरसको कारण एक व्यक्तिको मृत्यु भएको छ। कोरोना भाइरसको महामारी झेलिरहेको चीनको युनान प्रान्तमा हन्ता भाइरसको कारण एकजना व्यक्तिको मृत्यु भएको छ।

हन्ता भाइरसबाट सङ्क्रमित ती व्यक्ति कामका लागि बसमा सवार भई शाडोङ प्रान्त फर्किरहेका थिए।

यसैले बसमा सवारमा अन्य 32 जना यात्रुको पनि जाँच गराइएको छ। चीनको सरकारी समाचार –पत्र ग्लोबल टाइम्सले घटनाको जानकारी दिएपछि सोशल मिडियामा सनसनी फैलिएको छ।

विशेषज्ञहरूका अनुसार हन्ता भाइरस कोरोना भाइरसजस्तो घातक हुँदैन। कोरोना भाइरसजस्तो यो भाइरस हावामा फैलिँदैन। यो भाइरस मुसा र लोखर्केको सम्पर्कमा आउँदा मानिसमा सर्ने गर्छ।

यद्यपि हन्ता भाइरस एक व्यक्तिदेखि अर्को व्यक्तिमा सर्दैन। तर कुनै मानिसहरूले मुसाको गुहु छोएको हातले आँखा, नाक र मुखलाई छोएको खण्डमा हन्ता भाइरसबाट सङ्क्रमित खतरा बढ़्छ।

यस भाइरसबाट सङ्क्रमित हुने मानिसलाई ज्वरो उनका लागि टाउको, शरीर र भुँड़ी दुख्ने गर्छ। साथै बान्ता र डायरिया हुन्छ। उपचारमा ढिलो भएको खण्डमा सङ्क्रमित मानिसको मृत्युसमेत हुन्छ।

समाचार एजेन्सीहरूको सहयोगमा

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here