कोरोना सङ्क्रमित महिलाको स्वास्थ्य जाँच गर्ने डाक्टर होम क्वारेन्टाइन

0
1103
साङ्केतिक तस्वीर (साभार-इन्टरनेट)

कालेबुङ, 29 मार्चः 28 मार्चका दिन कोरोना भाइरसबाट सङ्क्रमित पाइएकी कालेबुङ बजारनिवासी महिलाको पहिलो जाँच गर्ने डाक्टर जीएम दे होम क्वारेन्टाइनमा छन्।

चेन्नइबाट कालेबुङ फर्केपछि हल्का सुक्खा खोकी र ज्वरो आएपछि ती महिला जाँचका लागि 20 मार्चको साँझपख स्वास्थ्य जाँचका लागि आदर्श नर्सिङ होम पुगेकी थिइन्।

त्यसबेला महिलाको जाँच डा. देले गरेका थिए। होम क्वारेन्टाइनमा रहेका डा. जीएम दे आज मिडिया अघि आएर सबैलाई नआतिने र सुरक्षित घरभित्रै बसिदिने अपीलसमेत गरेका छन्।

स्थानीय  मिडियासँग कुराकानी गर्दै उनले बताएअनुसार महिला पुनः 25 मार्चका दिन पुनः खोकी नरोकिएको भन्दै आदर्श नर्सिङ होम आएकी थिइन्। त्यसपछि उनकै सुझाउमा भोलिपल्ट थप स्वास्थ्य जाँचका लागि महिला सिलगढ़ी गएकी थिइन्।

‘‘ती महिलाको रिपोर्ट पोजिटिभ आएपछि म होम क्वारेन्टाइनमा छु’’, डा. देले भनेका छन्। ती महिलाको सम्पर्कमा आए तापनि पछिल्ला चार दिनमा आफूलाई कोरोना भाइरसको कुनै लक्षण नदेखिएको पनि उनको भनाइ छ।

डा. देका अनुसार जतिबेला उनले ती महिलाको स्वास्थ्य जाँच गरेका थिए, त्यसबेला मास्क र ह्यान्ड ग्लोभ्स लगाएका थिए।

 यसका उनले कालेबुङवासीलाई नआतिने, नडराउने र सुरक्षित बस्ने अपीलसमेत गरेका छन्।

उल्लेखनीय छ, ती महिला कोरोना भाइरसबाट सङ्क्रमित बनेको पुष्टि भएपछि कालेबुङवासी एकप्रकारले आतङ्कित बनेका छन्। एकप्रकारले यो आतङ्ककै कारण आज कालेबुङ बजार सुनसान बनेको थियो। हिजोसम्म लकडाउनको पर्वाह नगरी बिनासित्थै बजार घुम्न निस्किनेहरू पनि आज सड़कमा निस्केनन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here