कालेबुङको दिशा सेन्टरमा क्वारेन्टाइन सेन्टर

0
1023
कालेबुङको दिशा सेन्टर।

कालेबुङ, २९ मार्चः कालेबुङको दिशा सेन्टरलाई क्वारेन्टाइन सेन्टर बनाइएको छ।

शहरकी एक महिला कोरोना भाइरसबाट सङ्क्रमित रहेको पुष्टि भएपछि स्वास्थ्य विभाग र जिल्ला प्रशासन सतर्क बनेको छ।

जानकारीका अनुसार ती महिलाका परिवार र उनको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ। अहिले दिशा सेन्टरको क्वारेन्टाइनमा करिब एक दर्जन रहेको सूत्रले बताएको छ।

यसैगरी ती महिलाका सम्पर्कमा आएका अन्यहरूलाई चिह्नित गर्ने कोशिश गरिरहेको बताइएको छ।

अर्कोतिर, सांसद राजु विष्टले सम्भव भएअनुसार दार्जीलिङ र खरसाङस्थित टीबी अस्पताल, दार्जीलिङ सिंहमारीस्थित नगरपालिका आईपीपी अस्पताल, कालेबुङस्थित कुष्ठरोग अस्पतालमा छुट्टै आइसोलेशन कम क्वारेन्टाइन सेन्टर बनाइनुपर्ने माग गरेका छन्।

यसका साथै उनले प्राथमिक स्वास्थ्य केन्द्र र खण्ड प्राथमिक स्वास्थ्य केन्द्रहरूमा आइसोलेशन कम क्वारेन्टाइन सेन्टर बनाउनुपर्ने उनको माग छ।

यसो गरिएको खण्डमा विषम परिस्थितिमा तयार रहन सहयोग गर्ने सांसद विष्टको भनाइ छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here