दार्जीलिङ, १ अप्रेलः विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-ले बन्द अवस्थामा रहेको सिङ्ला चियाकमानका करिब ७०० परिवारलाई खाद्य सामग्री वितरण गरेको मोर्चा नेतृ उर्मिला रुम्बाले जानकारी गराएकी छन्।
बन्द अवस्थमा रहेको सिङ्ला चियाकमानका मानिसहरू लकडाउनमा अझ थप मर्कामा परेको ठहर गरी यस चियाकमानका मानिसहरूलाई खाद्यान्न वितरण गरिएको छ।
खाद्यान्न वितरणमा सांसद राजु विष्ट र पार्टी अध्यक्ष विमल गुरुङले विशेष सहयोग गरेको पनि उनले बताएकी छन्।
यसअवसरमा रूम्बालगायत शशी डोमा राई र अन्य उपस्थित थिए।
उनका अनुसार बन्द चियाकमानहरूमा पनि सांसद विष्टसँद तालमेल राखेर गोर्खा जनमुक्ति मोर्चा पहिलो खेमा यसैगरी खाद्यान्न वितरण गर्नेछ।
‘यस्तो आपतकालीन अवस्थामा खाद्य सामग्री वितरणमा सहयोग गर्ने सांसद राजु विष्ट र गोर्खा जनमुक्ति मोर्चा (पहिलो खेमा)-का अध्यक्ष विमल गुरुङप्रति क्षेत्रवासीले आभार प्रकट गरेका छन्’, उर्मिला रूम्बाले भनेकी छन्।