चियाश्रमिकहरूलाई समयमै वेतन दिनुपर्ने डीटीडीपीएलयूको माग

0
1052
स्रोत-इन्टरनेट

दार्जीलिङ, २ अप्रेलः विनयपन्थी गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ, तराई डुवर्स प्लान्टेशन लेवर युनियन (डीटीडीपीएलयू)-ले राज्य सरकारको अधिसूचनाअन्तर्गत् चियाश्रमिकहरूको वेतन समयमै भुक्तान गर्नुपर्ने माग गरेका छन्।
डीटीडीपीएलयूका दार्जीलिङ महकुमा समितिका सभापति बालम तामाङले माग गरेका हुन्।

बिहीवार एक विज्ञप्ति जारी गरी उनले भनेका छन्, ‘अहिले सङ्कटको समयमा देश नै लकडाउन रहेको स्थितिमा विशेषगरी चियाकमानका श्रमिकहरूको आर्थिक अवस्था दिनदिनै दयनीय हुँदै जाँदैछ। यस्तो स्थितिलाई ध्यानमा राखेर राज्य सरकारले श्रमिकहरूको हितमा एक सराहनीय कदम उठाएको छ, जसमा पश्चिम बङ्गाल सरकारले राज्यका मुख्य सचिवमार्फत् एक अधिसूचना जारी गरेको छ, जसमा जति पनि उद्योग र निजी व्यावसायिक प्रतिष्ठानहरूले आ-आफ्ना कर्मचारीहरूलाई लकडाउन अवधिभरि निर्धारित समयमा नै पाउनुपर्ने दैनिक हाजिरा/वेतन भुक्तानी गर्नुपर्ने भनेर आदेश दिएको छ।’

तामाङले थप भनेका छन्, ‘त्यसैले हाम्रो क्षेत्रमा जतिपनि चियाकमान छन्, ती चियाकमानहरू पनि यस अधिसूचनाको परिधिभित्र पर्नछन्। यसर्थ म डीटीडीपीएलयूको पक्षबाट चियाकमानका श्रमिकहरूको दैनिक हाजिरा/ वेतनको भुक्तानी समयमा नै गरियोस् भनी मालिकवर्गमा अनुरोध गर्न चाहन्छु।‘

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here