गोजमुमोले २५ अक्टोबरमा ‘शपथ दिवस’-को रूपमा पालन गर्ने, विमलले भने- सङ्ग्रामी वरुण भुजेलको कस्टडियल डेथ पुलिसले नागरिकको संवैधानिक अधिकार हनन् गरेको कालो दिन

0
1531
 

खरसाङ, २२ अक्टोबर : विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) –ले आगामी २५ अक्टोबरको दिनलाई शपथ दिवस’ –को रूपमा पालन निर्णय गरेको छ। स्मरणरहोस्, पछिल्लो वर्ष यसैदिन कालेबुङका नगरपार्षद् एवं गोजमुमोका सक्रिय कार्यकर्ता वरुण भुजेलको पुलिस हिरासतमा मृत्यु भएको थियो। उनकै मृत्युको पुण्यतिथिलाई गोजमुमोले शपथ दिवसको रूपमा पालन गर्ने निर्णय गरेको हो।

सोमवार एक प्रेस विज्ञप्ति जारी गरी गोजमुमो प्रमुख विमल गुरुङले भनेका छन्, “गोर्खाल्यान्डको निम्ति सङ्घर्ष गर्दा पश्चिम बङ्गाल पुलिसको क्रूर पञ्जामा परेर कस्टडियल डेथ’ –को शिकार बनेका सङ्ग्रामी वरुण भुजेलको पुण्यतिथि २५ अक्टोबरलाई हामी गोर्खा जनमुक्ति मोर्चाले शपथ दिवस’ –को रूपमा पालन गर्ने निर्णय लिएको जानकारी गराउँदछु।’’
गुरुङले विज्ञप्तिमा भुजेलको बन्दी अवस्थामा मृत्युको भएको एकवर्ष बितिसक्दा पनि उनको परिवारले न्याय नपाएको बताएका छन्। “बङ्गाल पुलिस उनको मृत्युको निरपेक्ष कारण बताउन सक्ने अवस्थामा छैन। विश्वकै बृहत्तम प्रजातान्त्रिक देश भारतमा संविधानको सुरक्षामा खटिएका पुलिसद्वारा नै नागरिक जीवनको सुरक्षा सम्बन्धी संवैधानिक अधिकारको हनन् गरिएको एउटा कालो दिन थियो, सङ्ग्रामी वरुण भुजेलको कस्टडियल डेथ’’, उनले विज्ञप्तिमा थप लेखेका छन्, “उनको मृत्यु भारतको सार्वभौमिकता अनि भौगोलिक अखण्डतालाई सुरक्षा गर्दै त्यसै परिधीभित्र गोर्खा अस्मिताको सुरक्षाको निम्तिगोर्खाल्याण्डको प्राप्तिको निम्ति अनि भारतभरि छरिएर बसेका गोर्खाहरूको स्वाभिमानको निम्ति भएको हुनाले शहीदले देखेका ती सपनाहरूलाई पूरा गर्ने जिम्मा हामी प्रत्येक गोर्खाले लिएको हुनुपर्नेछ।’’
वरुण भुजेलले देखेको सपनालाई साकार गर्नसपनाको व्यापार गर्नेहरूको व्यापार बन्द गराउनका लागि सबैले शपथ लिनुपर्ने दिनको रूपमा शहीद वरुण भुजेलको पुण्यतिथि पालन विमल गुरुङले सबै गोर्खा नागरिकसमक्ष अपील गरेका छन्।
“आउनुहोस्आगामी २५ अक्टोबर २०१८ लाई हामीले पहिलो शपथ दिवस’ –को रूपमा भारतभरि गोर्खा बसेको प्रत्येक घर आँगनमा पालन गरौं’’, उनले विज्ञप्तिमा अपील गर्दै लेखेका छन्, “घरमाचोकमामन्दिर-गुम्बा-गिर्जा-मस्जिदमा दियो-मोमबत्ती आदि बालेर शहीदको सपना पूरा गर्ने शपथ लिँदै शहीद वरुण भुजेलको आत्माको चिर शान्तिको निम्ति प्रार्थना गरौं।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here