मेडिकल कलेजको आइसोलेशन वार्डबाट भागे कोरोनाको लक्षण देखिएका व्यक्ति

0
1493

सिलगढ़ी, ७ अप्रेलः दिल्लीको निजामुद्दीन मरकजबाट फर्केका एक व्यक्ति उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको आइसोलेशन वार्डबाट भागेका छन्।

हिन्दी दैनिक जनपथ समाचारका अनुसार सोमवार राति ती व्यक्ति उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालबाट बेपत्ता बनेका हुन्।

पुलिसका अनुसार मेडिकल कलेजबाट बेपत्ता बनेका ती व्यक्ति नक्सलबारीनिवासी रहेको बताइएको छ। जनपथ समाचारका अनुसार ती दिल्लीको निजामुद्दीन तब्लिगी मरकजमा सामेल थिए। प्रशासनले खोजेर उनलाई निकालेको थियो।

यी व्यक्तिमा कोरोना भाइरसको लक्षण देखिएपछि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको थियो।

यद्यपि यी व्यक्तिको कोरोना टेस्ट भने गर्न बाँकी थियो। यसैबीच सोमवार अबेर राति ती व्यक्ति अचानक आइसोलेशन वार्डबाट बेपत्ता भए। अस्पतालको चारैतिर खोज्दा पनि ती व्यक्तिको कुनै पत्तो नलागेको समाचारमा बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here