नयाँदिल्ली, ९ जनवरी : बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई ठूलो झट्का लागेको छ। तृणमूल कङ्ग्रेसका लोकसभा सांसद सौमित्र खान बुधवार भारतीय जनता पार्टीमा सामेल भएका छन्। यसअवधि केन्द्रिय मन्त्री धमेन्द्र प्रधान र पश्चिम बङ्गालका भाजपा नेता मुकुल रोय उपस्थित थिए।
उल्लेखनीय छ, सौमित्र खान पश्चिम बङ्गालको विष्णुपुरका सांसद हुन्। दिल्लीमा भाजपा मुख्यालयमा आज एक कार्यक्रमबीच उनले तृणमूल त्यागेर भाजपाको सदस्यता लिए। भाजपामा सामेल भएपछि उनले भने, “म प्रधानमन्त्री नरेन्द्र मोदीसँग काम गर्न चाहन्छु।’’
बङ्गालका नेताहरू लगातार भाजपामा सामेल भइरहेका छन्। केही दिन अघि मात्र फिल्म अभिनेत्री मौसमी च्याटर्जी भाजपामा सामेल भएकी थिइन्।
स्मरणरहोस्, यसभन्दा अघि उनी तृणमूल कङ्ग्रेसमा कङ्ग्रेसबाट सामेल भएका थिए। उनी तृणमूल कङ्ग्रेसमा सामेल हुन घि बाँकुड़ाका विधायक थिए। सन् २०१४ को आम चुनाउ अघि सौमित्र कङ्ग्रेस त्यागेर तृणमूल कङ्ग्रेसमा सामेल भएका थिए। तृणमूलले उनलाई विष्णुपुरबाट लोकसभाका लागि टिकट दियो। चुनाउ जितेर उनी लोकसभा पुगेका थिए।