सेवाकार्यमा प्रतिबद्ध नमस्ते फाउन्डेशन

0
1768
नमस्ते फाउन्डेशनले आफ्नो मेनोर एक्टिभिटीअन्तर्गत् कम्बल र वस्त्रादि वितरण गर्दै।

दार्जीलिङ, 14 अक्टोबर : परिवार र समाजबाट अवहेलित र उपेक्षित भई सड़कपेटीमा कष्टप्रद  जीवन बाँच्दै आएका असहायहरूको सेवाका लागि प्रतिबद्ध दार्जीलिको गैरसरकारी सङ्गठन नमस्ते फाउन्डेशन आज शहरका असहायहरूलाई लिएर स्थानीय चौरस्तामा आफ्नो मासिक मेनोर एक्टिभिटी गऱ्यो। असहाय र मानसिक असन्तुलन भई सड़कहरूमा बाँचिरहेका मानसिक रोगी तथा अस्पतालमा भर्ती भएका आफन्त नभएका बिरामीहरूको हेर्चाह र स्याहार सुसारमा नमस्ते फाउन्डेशनका सदस्यहरूले आफूलाई सक्रिय राखेका छन्।

चौरस्तामा भोजन खाँदै वृद्धा-वृद्धहरू।
आज यसै नमस्ते फाउन्डेशनका सक्रिय सदस्यहरू  चौरस्तामा शहरका असहाय, भिखारी र वृद्धवृद्धाहरूलाई भेला गरी  सरसफाइ गरी भोजन खुवाउनका साथै लुगाफाटा पनि फेरिदिएका थिए। फाउन्डेशनकी अध्यक्ष पिङ्की विश्वकर्मले यसबारे जानकारी गराउँदै आज 35 शहरका असहाय, भिखारी र वृद्धवृद्धाहरूलाई यो मेनोर एक्टिभिटीमा समेट्न सकेकी बताइन्। 
उनका अनुसार उनीहरूलाई आज फाउन्डेशनका स्वयंसेवीहरूले सरसफाइ गरिदिनका साथै भोजन , कम्बल र वस्त्रादि पनि वितरण गरेका थिए।दशैँको ठीक अघि भएकोले हामीले हाम्रो मेनोर एक्टिभिटी सधैँभन्दा केही ठूलो गरेका थियौं। सड़कपेटीमा फोहोर मैलाबीच आधा पेट खाएर कष्टप्रद जीवन बाँच्दै आएका ती असहाय र भिखारीहरू तथा अन्य वृद्धवृद्धाहरूको अनुहार उज्यालो र मनमा खुशी ल्याउन केही हदसम्म भए तापनि हामी  सफल हुनेछौं भन्ने हाम्रो अभिप्रायः हो”, उनले बताइन्।
उनले आजको मेनोर एक्टिभिटीलाई सफल बनाउन असहायहरूलाई वितरण गर्नका लागि कम्बल उपलब्ध गराइदिनु हुने तथा फाउन्डेशनलाई सामाजिक कार्य गर्नार्थ एक शुभेच्छुकको हैसियतले सहयोग गर्दै आएका अमर लामा तथा खाद्यान्न प्रदान गर्ने पनि फाउण्डेशनको तर्फबाट आभार प्रकट गरेकी छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here