खरसाङस्थित तीन माइलमा घर जलेर खरानी

0
1262

खरसाङ, ८ अप्रेलः खरसाङदेखि केही टाढ़ास्थित डाउहिलनजिक तीन माइलमा हिजो मध्यरातमा एउटा घर जलेर स्वाहा भएको छ।

आगलागीमा परेर खरानी भएको रमेश सेवाको रहेको बताइएको छ। जानकारीका रमेश सेवा र उनकी पत्नी धेरै वर्षदेखि दिल्लीमै कार्यरत् छन्।

उनका छोरा सिद्धार्थ सेवा मात्र उक्त घरमा बस्ने गर्थे। यद्यपि राति सुत्न भने नजिकैमा रहेका बड़ाको घरमा जानेगर्थे। यसैले आगलागीको समयमा घरमा कोही थिएनन्।

जानकारीका अनुसार सिद्धार्थ सेवा सेन्ट अल्फन्सेस स्कूलका एघारौं श्रेणीका विद्यार्थी हुन्। उनका स्कूलका सर्टिफिकेट, पुस्तक-कपीलगायत अन्य कागज-पत्र तथा घरभित्रका सम्पूर्ण सरसमान जलेको बताइएको छ।

यसैबीच, विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चाले यस आगलागीको घटनाप्रति दुःख व्यक्त गर्दै यस दुःख घड़ीमा पीड़ित परिवारको साथमा रहेको बताएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here