उत्तर बङ्गाल मेडिकल कलेजका डाक्टर पनि कोरोना सङ्क्रमित

0
1455

सिलगढ़ी, ९ अप्रेलः उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालका डाक्टर पनि कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ।

बङ्ग्ला दैनिक उत्तर बङ्ग संवादका अनुसार ती डाक्टर उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालका असिस्टेन्ट सुपर हुन्। पछिल्लो मङ्गलवारदेखि अस्वास्थ्य देखिएका उनको टेस्ट हिजो (बुधवार) पोजिटिभ आएको बताइएको छ।

उनलाई अहिले मेडिकल कलेजकै आइसोलेशन वार्डमा भर्ना गरिएको छ। उनको अवस्था स्थिर रहेको बताइएको छ।

उल्लेखनीय छ, दुई दिनअघि मात्र उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा कार्यरत् तीनधारेनिवासी एक नर्स पनि कोरोना सङ्क्रमित बनेको पुष्टि भएको थियो।

अहिले ती नर्सलाई उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको छ। उनको स्वास्थ्य स्थिर रहेको बताइएको छ।

जानकारीका अनुसार डाक्टर कालेबुङनिवासी महिलाको सम्पर्कमा आएपछि कोरोना सङ्क्रमित बनेका हुन्। उनी महिलाको उपचारका लागि फ्रन्टलाइनमा खटेका थिए।

अर्कोतिर केही दिनअघि पोजिटिभ पाइएकी नर्स पनि ती महिलाकै सम्पर्कमा आएपछि नै कोरोना सङ्क्रमित बनेकी हुन्। किनभने महिलालाई उपचारका लागि खटिएको मेडिकल टिममा ती नर्स पनि सामेल थिइन्।

जानकारीका अनुसार ती डाक्टरका परिवारका सदस्य र प्रशासनिक कार्यमा उनका सम्पर्कमा आउने अन्य मानिसहरूलाई क्वारेन्टाइनमा रहने निर्देश दिइएको छ।

कोरोना सङ्क्रमित मानिसहरूको उपचारका लागि खटिने मेडिकल कलेजका स्वास्थ्यकर्मीहरूलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) उपलब्ध नगराएकोमा तीव्र गुनासो चुलिएको थियो।

स्वास्थ्यकर्मीहरूले शुरुमै पीपीईको मागमा आवाज चर्को बनाएका थिए, तथापि उनीहरूले समयमै पीपीई पाएका थिएनन्।

दुई दिनअघि मात्र राज्यका पर्यटन मन्त्री गौतम देवले मेडिकल कलेजमा पीपीई र मास्क प्रदान गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here