शिमलाको सञ्जौलीमा जलेर नेपालीको मृत्यु

0
1313
आमगाली भएको ठाउँ।

शिमला, ९ जनवरी : हिमाचल प्रदेशको राजधानी शिमलामा बुधवार सखारै एक ढाबामा आगो लाग्दा जलेरै नेपाली कामदारको मृत्यु भएको छ। स्थानीय पुलिसका अनुसार मृतक नेपाली युवकको नाम मोहन सिंह (२४) हो। यो घटना शिमलाको सञ्जौलीमा भएको हो।

प्राप्त जानकारीका अनुसार सञ्जौलीको चलौण्ठी नजिक फौजी ढाबामा आज बिहान लगभग ४ बजे आगो लाग्यो। यो आगलागीमा ढाबाको एक शेड पूर्ण रूपले जलेर खरानी भएको छ भने त्यसै शेडमा बस्दै आएका नेपाली कामदारको पनि जलेर मृत्यु भएको बताइएको छ।

आगो के कारण, त्यो अहिले नै निश्चित भएको छैन। घटनाको समय मोहन सिंह ढाबाभित्र सुतिरहेका थिए। पुलिसले पूर्ण रूपले जलेको शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नका लागि पठाएको छ।

प्रारम्भिक जाँचका अनुसार उक्त ढाबा अमर चन्दको हो। उनी चलौण्ठी निवासी हुन्। चन्दको ढाबामा मोहन वेटरको रूपमा काम गर्थे। पुलिसले घटनाबारे जाँच गरिरहेको छ। मृतकका परिवारबारे कुनै पत्तो नलागेकोले उनलाई चिन्ने मानिसहरू अघि आएर जानकारी साझा गरिदिने पुलिसले अपील गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here