महाराष्ट्रमा एकैदिनमा २५ जनाको मृत्यु, २२९ नयाँ मामिला

0
1001

मुम्बई, १० अप्रेलः  कोरोना भाइरसको गम्भीर सङ्कट भोगिरहेका महाराष्ट्रमा एकैदिनमा पोजिटिभ मामिला र मृत्युको नेशनल रेकर्ड बनिएको छ।

बिहीवार यस राज्यमा एकैदिनमा २५ जनाको मृत्यु भएको छ, जबकि २२९ नयाँ मामिला प्रकाशमा आएको छ।

यसका साथै महाराष्ट्रमा कोरोना सङ्क्रमित १३६४ पुगिसकेको छ, त्यहीं राज्यमा अहिलेसम्म कोरोना भाइरसको कारण ९७ जनाले ज्यान गुमाइसकेका छन्।

पछिल्ला केही दिनयता महाराष्ट्रमा लगातार कोरोना भाइरसको मामिला बढ़िरहेको छ। बुधवार राज्यमा १५० नयाँ मामिला प्रकाशमा आएको थियो, जबकि १८ जनाको मृत्यु भएको थियो।

पोजिटिभ मामिला बढ़्ने जुन दर बुधवार ६.२ थियो, त्यो बढ़ेर बिहीवार ७.१ प्रतिशत भएको छ।

बिहीवार महाराष्ट्रमा जुन २५ जनाको मृत्यु भयो, त्यसमा सर्वाधिक १० मृत्यु पुणेमा थियो।

अर्कोतिर मुम्बईमा सर्वाधिक मामिला प्रकाशमा आएको छ। यस शहरमा बिहीवार १६२ नयाँ मामिला दर्ता भयो, जुन अहिलेसम्मकै सर्वाधिक मामिला हो।

यसका साथै मुम्बईमा अहिलेसम्म कोरोना सङ्क्रमित मानिसहरूको सङ्ख्या ८७६ पुगिसकेको छ। अहिलेसम्म मुम्बईमा मात्र ५४ जनाको मृत्यु भइसकेको छ।    

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here