आज मध्यरातदेखि राज्यका १० हटस्पटमा टोटल लकडाउन

0
1090

सुनसान कालेबुङ।

कोलकाता, ११ अप्रेलः बङ्गाल सरकारले कोभिड-१९ का १० हटस्पटलाई १४ दिनका लागि टोटल लकडाउन (पूर्ण रूपले तालाबन्दी) गर्ने निर्णय गरेको छ।

टोटल लकडाउन गरिने यी हटस्पटहरूमा कोरोना भाइरस सङ्क्रमणका धेरै मामिला प्रकाशमा आएको छ। जसमा एक कालेबुङ पनि छ।

मुख्य सचिव राजीव सिन्हाले शनिवार बताएअनुसार पूर्ण रूपमा तालाबन्दी गरिने १० क्षेत्र (हटस्पट)-का स्थानीय बजार र सबै सड़क पूर्ण रूपमा बन्द गरिनेछ। कसैलाई पनि घरबाट बाहिर निस्कने अनुमति दिइनेछैन।

यद्यपि मुख्य सचिवले यी क्षेत्रहरूको नाम भने खुलाएनन्।

“जुन क्षेत्रमा कोरोना भाइरस फैलिने आशङ्का धेरै छ, त्यस्ता क्षेत्रलाई हामी हटस्पट भनिरहेका छौं”, मुख्य सचिवले थपे, “हामी यी क्षेत्रहरूका नाम लिइरहेका छैनौं। हामी सम्पूर्ण लकडाउन लागू गर्नेछौं।”

उनका अनुसार यस्तो निर्णयले मानिसहरूलाई अत्यधिक समस्या हुने भए तापनि राज्यसँग अर्को विकल्प छैन।

उनले भने, “हामीले टोटल लकडाउन गर्नेपर्नेछ। किनभने हामी चाहँदैनौं, सङ्क्रमण जङ्गलमा आगो फैलिएजस्तो फैलियोस्।”

राजीव सिन्हाका अनुसार हटस्पटहरूमा कठोरतापूर्वक नियम लागू गरिनेछ। प्रशासनले यी क्षेत्रहरूका मानिसहरूका लागि भोजन, पानी र चिकित्सा सहायताजस्ता सबै प्रकारका अनिवार्य कुराको व्यवस्था गर्नेछ।

राज्य सचिवालयका एक अधिकारीका अनुसार जिल्ला र निकाय अधिकारीहरूलाई शनिवार रातिदेखि यी स्थानहरूमा टोटल लकडाउन शुरु गर्ने निर्देश दिइएको छ।

राज्यका शीर्ष नोकरशाहका अनुसार कालेबुङलगायत तेहट्टा (नदिया जिल्ला), कोलकाता, एग्रा (पूर्व मेदिनीपुर), हल्दिया, दक्षिण 24 परगना जिल्लाका केही भाग,  हावड़ाको  मल्लिक फाटक क्षेत्र, फोरशोर रोड, राजबल्लभ साहा लेन, सल्किया र हावड़ा जिला अस्पतालका छेउछाउका क्षेत्रलाई  कोभिड-१९ को हटस्पट र क्लस्टरको रूपमा चिह्नित गरिएको छ।

स्रोत-न्युज 18

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here