विमलपन्थी विमोको प्रश्न- चियाकमान खोल्ने बङ्गाल सरकारको निर्देशविरुद्ध जीटीए चलाउनेहरू किन मौन?

0
988
सुपेन्द्र प्रधान

दार्जीलिङ, 12 अप्रेलः 25 प्रतिशत श्रमिकसँग चियाकमानमा काम लगाउने राज्य सरकारको निर्देशलाई जीटीए सञ्चालन गरिरहेका नेतृत्वहरूले विरोध नजनाएको भन्दै विमल गुरुङपन्थी गोजविमोले तीखो शब्दमा निन्दा गरेको छ।

विमलपन्थी विमोका मुख्य सल्लाहकार सुपेन्द्र प्रधानले आइतवार एक प्रेस विज्ञप्ति जारी गरी राज्य सरकारको कमान खोल्ने निर्देशबारे विनय तामाङपन्थी गोजमुमोका नेतृत्वहरूको मौनतालाई लिएर प्रश्न गरेका छन्।

उनले विज्ञप्तिमा भनेका छन्, ‘दार्जीलिङ पहाड़का विभिन्न चियाकमानमा कुनै सतर्कताबिनै कार्य चालु गरिएको छ। श्रमिकहरूका ज्यानको पर्वाह नगरी उनीहरूलाई काममा खटाइएको छ, जुन एकदमै निन्दनीय कुरा हो। यस विषयमा जीटीए सत्तापक्षका नेतृत्वहरू किन चुपचाप छन्? के बङ्गाल सरकारलाई खुशी बनाउन नै उनीहरूको एक मात्र उद्देश्य हो? उनीहरूका लागि चियाश्रमिकहरूको ज्यानको मूल्य छैन? आज प्रत्येक जनताले बुझ्न आवश्यक छ।’

प्रधानले थप भनेका छन्, ‘हिज अस्तिसम्म सामाजिक सञ्जाल र विभिन्न पत्रिकामा ठूल्ठूला कुरा गर्ने जीटीए सत्तापक्षका नेतृत्वहरू अहिले किन बोल्न सकेका छैनन्? यसले के बुझाउँछ भने ती नेतृत्वहरू जनताका नेतृत्व नभएर बङ्गाल सरकारको इसारामा नाच्ने कठपुतली हुन् भन्ने स्पष्ट भएको छ।’

यसैगरी वैश्विक महामारी बनेको कोरोना भाइरसको सङ्क्रमणको पर्वाह नगरी बङ्गाल सरकारले  सङ्क्रमणको पर्वाह नगरी बङ्गाल सरकारले 25 प्रतिशत श्रमिकहरूसँग काममा लगाएर चियाकमान खुल्ला राख्ने निर्देशको उनले घोर विरोध गर्नका साथै बङ्गाल सरकारको यस्तो श्रमिकविरोधी निर्देशको दार्जीलिङ तराई अनि डुवर्सका नेतृत्वहरूले एकजुट भएर विरोध गर्नुपर्ने आह्वान गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here