पुलिसले मालदाबाट बरामद गरेको दुई हजार रुपियाँको जाली नोट। |
सिलगढ़ी, 13 अक्टोबर : बाङ्ग्लादेशको बाटो भएर व्यापक परिणाममा दुई हजारको जाली नोट भारतमा तस्करी भइरहेको खुलासा भएको छ। शनिवार बिहान मालदाबाट दुई हजारको नोट रहेको लाख मूल्यको जाली रुपियाँसहित दुईजना तस्कर पक्रा परेका छन्। मालदाको खजुरिया हाट मोड़मा कोलकाता जाने बस पर्खिरहेको बेला यी दुई तस्कर पक्रा परेका हुन्।
सूत्रका अनुसार मालदा जिल्लाको वैष्णव नगर थानाको खजुरिया मोड़मा कोलकाताका लागि बस पर्खिरहेका स्थानीय दुई युवक पलास मण्डल र भीम मण्डलमाथि पुलिसलाई शङ्का लाग्यो। त्यसपछि पुलिसले यी दुईको तलाशी गर्दा ब्यागबाट दुई हजारको रुपियाँको 50 वटा जाली नोट बरामद गऱ्यो।
दुवैलाई पुलिसले पक्रा गरी केरकार गरिँदैछ। केरकारअवधि यी दुईले यी नक्कली रुपियाँ एक बाङ्ग्लादेशी नागरिकले उनीहरूलाई उपलब्ध गराइएको बताएका छन्। पुलिसले जाली नोट भारत भित्र्याउने गिरोहको नेटवर्क पत्तो लगाउनमा जुटेको छ।