स्वास्थ्यसम्बन्धी सहयोग र परामर्शका लागि भारतीय गोर्खा महिला परिसङ्घद्वारा हेल्थ हेल्पलाइन स्थापित

0
1833

कालेबुङ, 14  अप्रेलः भारतीय गोर्खा परिसङ्घ (भागोप)-को महिला एकाइ भारतीय गोर्खा महिला परिसङ्घले लकडाउनका कारण स्वास्थ्यसम्बन्धी समस्यामा परेका मानिसहरूका लागि हेल्थ हेल्पलाइन खोलेको छ।

महिला परिसङ्घले यो हेल्थ हेल्पलाइन दार्जीलिङ, खरसाङ, कालेबुङ र सिलगढ़ीमा खोलेको बताइएको छ। हेल्थ हेल्पलाइनमा सम्पर्क गरी समस्यामा परेका मानिसहरूले स्वास्थ्यसम्बन्धी सेवा र परामर्श लिन सक्नेछन्।

‘कोरोना भाइरसको यो वैश्विक महामारीले लकडाउन भएको अवस्थामा मानिसहरूले विभिन्न समस्या झेलिरहेका छन्, जसमध्ये एउटा समस्या मेडिकल इमर्जेन्सी हो’, भारतीय गोर्खा महिला परिसङ्घले भनेको छ, ‘यसै समस्यालाई ध्यानमा राखेर भारतीय गोर्खा महिला परिसङ्घले स्वास्थ्यसम्बन्धी समस्याहरूमा मानिसहरू सहयोग पुऱ्याउने उद्देश्यले यो हेल्पलाइन खोलिएको हो।’

हेल्थ हेल्पलाइनमार्फत् कुनै पनि रोग, डाक्टर परामर्श, कुन अस्पतालमा जानुपर्ने, रक्तको व्यवस्था, उपचारका साधनहरूलगायत मानसिक यातनाहरू सम्बन्धित परामर्श दिइने बताइएको छ।

उल्लिखित विषयका जारी हेल्थ हेल्पलाइन निम्न छन्-

सिलगढ़ीः 9434195087 (पुनम सुब्बा, संयोजिका), 943437722 (डा. एके मुखर्जी, मुख्य चिकित्सा अधिकारी), 8348134080 (दीपाञ्जली छेत्री), 9851141172 (ममता राई लोहार), 9434234991 (सुधा सुब्बा)।

खरसाङः 8617635273 (देविका मङ्ग्राती राई), 9547117478 (सरोजिनी देवान)।

कालेबुङः 9832049720 (अनिता भुषाल), 9832082544 (इन्द्रिरा शर्मा), 7384970555 (सीमा राई)। यसको जानकारी भारतीय गोर्खा महिला परिसङ्घ कालेबुङ शाखाकी प्रचार-प्रसार सचिव पुण्य लामाले दिएकी हुन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here