सिलगढ़ी, 9 जनवरी : सिलगढ़ीको मतिगढ़ा थाना क्षेत्रअन्तर्गत एक कार शोरूम अघि इनोभा कारमा बुधवार साँझ अचानक आगो लाग्दा जलेर खरानी भयो। सड़कमा नै आगो लागेको कारण यातायात केही क्षणका लागि बाधित बनेको थियो।
प्रत्यक्षदर्सीहरूले घटनाबारे मतिगढ़ा पुलिस र अग्निशमन विभागलाई तत्कालै सूचना दिए। सूचना पाएपछि घटनास्थल पुगेको अग्निशमन विभागले आगो निभाए तापनि त्यसबेलासम्म वाहन जलेर खरानी भइसकेको थियो। मतिगढ़ा पुलिसले घटनाबारे जाँच गरिरहेको छ।
कार शोरूमका मालिक निर्मल अग्रवालका अनुसार यो इनोभा कार ट्याक्सीको रूपमा चल्ने गर्थ्यो। कार बाघडुग्रातिर गइरहेको थियो। अचानक उनको शोरूम अघि आएर उक्त इनोभा कार रोकेर हतार हतार चालक बाहिर निस्किए।
त्यसपछि हेर्दा हेर्दा उक्त कार जलेर खरानी भयो। भाग्यवश यो घटनामा ज्यानको क्षति भएन। मतिगढ़ा पुलिसले कारको अवशेषको फोरेन्सिक जाँच गराएर आगो लाग्नुको कारण पत्तो लगाउने बताएको छ। प्राथमिक जाँचमा सर्टसर्किटको कारण आगो लागेको अनुमान गरिएको छ।