भाजपा सांसदद्वय जोन बारला र डा. जयन्त कुमार राय पुलिसद्वारा गृहबन्दी

0
1073
भाजपा सांसद जयन्त कुमार राय (फाइल फोटो)।

सिलगढ़ी, 16 अप्रेलः भाजपाका सांसदद्वय जोन बारला र डा. जयन्त कुमार रायलाई पुलिसले गृहबन्दी बनाएको बताइएको छ।

जोन बारला अलिपुरद्वार तथा डा. जयन्त कुमार राय जलपाइगढ़ीका सांसद हुन्। जानकारीका अनुसार पहिला बारला र त्यसलाई रायलाई पुलिसले गृहबन्दी बनाएको हो।

जानकारीका अनुसार हिजो सिलगढ़ीस्थित घरबाट जलपाइगढ़ीस्थित आफ्नो कार्यालयमा गइरहेका सांसद रायलाई राजगञ्ज थाना पुलिसले बीच बाटोमै रोकेको थियो।

रायका अनुसार उनलाई पुलिसले गृहन्दी बनाएको छ। उनलाई पुलिसले कहीं जान नदिएको तथा सिलगढ़ीस्थित घरमा 24 घण्टै पुलिसको तैनाथ रहने गरेको उनको भनाइ छ।

तृणमूल कङ्ग्रेसका विधायकहरूले राहत सामग्री वितरण गरिरहेको तर आफूहरूलाई भने गृहबन्दी बनाएको सांसद जयन्त कुमार रायले आरोप लगाएका छन्।

यसैबीच, जिल्ला भाजपा अध्यक्ष बापी गोस्वामीले पुलिसको यस्तो कार्यको निन्दा गरेका छन्। उनले पुलिसले पक्षपात गरिरहेको आरोप लगाएका छन्।

“सङ्कटको यस घड़ीमा हामी जनताको पक्षमा खड़ा छौं। तर मुख्यमन्त्रीको पुलिसले धिक्कार गर्छ”, उनले थपे, “कानून सबैका लागि समान हुनुपर्छ। तर यहाँ भाजपा र तृणमूल कङ्ग्रेसका लागि बेग्लै कानून छ।”

यसैबीच, पुलिसद्वारा गृहबन्दी बनाइएको घटनाको तीखो शब्दमा निन्दा गर्दै जोन बारलाले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘गृहबन्दी, त्यो पनि कुनै सूचनाबिनै, यो बङ्गाल सरकारको तानाशाही र बङ्गालमा लोकतन्त्रको हत्या हो। जहाँ जनप्रतिनिधिहरूका अधिकारहरूसमेतको हनन् भइरहेको छ।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here