मालिकवर्गले श्रमिकहरूको स्वास्थ्यसम्बन्धी दिशानिर्देश पालन गरेको छैनः उर्मिला रूम्बा

0
1077
साङ्केतिक फोटो।

दार्जीलिङ, 19 अप्रेलः चियाकमानका मालिकवर्गले स्वास्थ्यसम्बन्धी सरकारी दिशा निर्देशलाई पालन नगरी श्रमिकहरूलाई काममा लगाएको कारण उनीहरूको ज्यान जोखिममा पर्न गएको विमल गुरुङपन्थी गोर्खा जनमुक्ति नारी मोर्चा नेतृ उर्मिला रूम्बाले बताएकी छन्।

यसैबीच, उनले यसै विषयमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरेको एक प्रेस विज्ञप्ति जारी गरी जानकारी गराइएको छ।

जानकारीका अनुसार पत्रमा उनले चियाश्रमिकहरूका हितका लागि यथाशीघ्र पदक्षेप चाल्ने अनुरोध रुम्बाले गरेकी छन्।

विज्ञप्तिमा उल्लेख गरेअनुसार दार्जीलिङ पहाड़का प्रायः सबै चियाकमानमा पुरुषभन्दा महिला श्रमिक धेरै भएका कारण यहाँ महिलाहरू ‘कोभिड०-19’ सङ्क्रमणको सम्मुखीन हुनसक्ने आशङ्का छ।

यसैले उनले यस विषयमा सरकार पक्षबाट झट्टभन्दा झट्ट कुनै पदक्षेप लिन आग्रह गरेकी छन्।

रूम्बाका अनुसार महिला श्रमिकहरू काममा जाँदा आफ्ना ससाना नानीहरूलाई पनि सँगै लैजानुपर्ने भएकाले स्थिति अझ गम्भीर बन्न पुगेको छ।

‘अहिले प्रत्येक चियाबारीमा फर्स्ट फ्लसको टिपाइ चलिरहेको तथा चियाश्रमिकहरूको यति ठूलो योगदान हुँदाहुँदै पनि मालिकपक्षले उनीहरूका स्वास्थ्यमा लापरबाही गरी आवश्यक सामग्रीजस्तै सेनिटाइजर, ग्लभ्स र मास्कको व्यवस्था गर्न नसक्नु कमजोरी रहेको जानकारी गराउँदै यसविषयमा सरकारले हस्तक्षेप गरी यथाशीघ्र समस्याको समाधान गरिनुपर्ने माग विमलपन्थी नारी मोर्चा नेतृ उर्मिला रूम्बाले गरेको विज्ञप्तिमा थप बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here