दिछेनका सहारा बनेका अनित थापा भन्छन्- बाबु भएर कर्तव्य पूरा गर्नेछु

0
1140

दार्जीलिङ, 20 अप्रेलः जीटीए बीओएका अध्यक्ष अनित थापा दिछेन तामाङका अभिभावक बनेका छन्। दिछेन ती बालिका हुन्, जसले  केही महिनाअघि पैह्रोको कारण आमा-बाबा गुमाएकी थिइन्।

आफ्नो परिवारमा आजदेखि एकजना छोरी थपिएको बताउँदै अनित थापाले दिछेनका लागि गर्नुपर्ने हरेक कर्तव्य बाबु भएर पूरा गर्ने बताएका छन्।

केही महीनाअघि रिम्बिक-लोधोमा समष्टिअन्तर्गत बाँसबोटे बजारदेखि केही माथि तामाङ गाउँमा गएको पैह्रोको चपेटमा परी दिछेन तामाङका आमा-बाबा र भाइको दुखद मृत्यु भएको थियो। त्यस घटनाको बेला दिछेन नजिकै रहेका मामा घरमा थिइन्।

त्यसबेला पैह्रो पीड़ित परिवारसँग भेट्न  गर्न गएका जीटीए बीओए अध्यक्षले दिछेनलाई काख लिने बताएका थिए।

आफ्नो यसै वचन अनुसार उनले आज दिछेनलाई आफ्नो घरमा लिएर आएका छन्।

‘‘आजदेखि यिनी मेरी छोरी भइन्। ईश्वरले सायद मलाई उनको बाबु हुने आशीर्वाद दिएको हो। म एक कुशल बाबु भएर यी छोरीलाई गर्नुपर्ने हरेक कर्तव्य पालन गर्नेछु’’, उनले थपे, “आजदेखि यिनी मेरी घरकी सदस्य भइन्।’’

उल्लेखनीय छ, केही महीनाअघि पैह्रोको कारण बालिका दिछेन तामाङका आमा-बाबा र भाईको मृत्यु भएको कारणले उनी एक्लो बनेकी थिइन्।

अनित थापाले उनको घरमै गएर दिछेन तामाङलाई आफ्नी छोरी बनाएर राख्ने इच्छा व्यक्त गरेका थिए। तथापि थापाले दिछेनका आफन्तहरूलाई यसको निर्णय लिने जिम्मा पनि लगाएका थिए।

यदि दिछेनका आफन्त र दिछेन आफै पनि राजी भएको खण्डमा आफ्नो घरमा छोरी बनाएर राख्ने तथा छोरीलाई गर्नुपर्ने सबै कर्तव्य पूरा गर्ने थापाले त्यसबेला बताएका थिए।

सोही क्रममा दिछेनका आफन्त र उनी स्वयं पनि स्वेच्छाले अनित थापासित बस्न राजी भएपछि नै उनलाई आज आफ्नो घरमा लिएर गएको बताइएको छ।

“दिछेनलाई बाबु- आमा चाहिएको छ। म त्यो पूरा गर्ने कोशिष गर्नेछु। बाबु भएर उसको उज्ज्वल भविष्य बनाउने कोशिश गर्नेछु’’, थापाले भने।

दिछेनलाई आफ्नी छोरीको रूपमा अप्नाए तापनि दिछेनका आफन्तहरूका लागि पनि आफ्नो घरको ढोका जहिल्यै खुल्ला रहेको थापाले बताएका छन्।

दिछेनले हाल-खबर के कस्तो छ भन्ने जानकारी लिन अनि उनलाई भेट्न उनका आफन्तहरू जहिल्यै पनि आफ्नो घरमा आउन सक्ने पनि उनको भनाइ छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here