अलिपुरद्वारमा शवको अन्तिम संस्कारलाई लिएर झड़प, करीब 20 पुलिसकर्मी घाइते

0
1152
साङ्केतिक तस्वीर।

कोलकाता, 21 अप्रेलः अलिपुरद्वार जिल्लामा एक व्यक्तिको शवको अन्तिम संस्कारलाई लिएर गाउँले र पुलिसबलबीच भएको झड़पमा कम्तीमा 20 पुलिसकर्मी घाइते भएको बताइएको छ।

गाउँलेहरूको आरोप छ, पुलिसले मध्यराति कोरोनाको कारण मृत्यु भएका एक व्यक्तिको चुपचाप अन्तिम संस्कार गरिरहेको थियो, जसको उनीहरूले विरोध गरे। यसै विषयलाई लिएर झपड़ भएको बताइएको छ।

स्थानीयहरूका अनुसार कोरोना भाइरसको कारण एक व्यक्तिको मृत्यु भएको थियो। जसको शवलाई मध्यराति पुलिसले चुपचाप अन्तिम संस्कार (दफन) गरिरहेको थियो।

यद्यपि पुलिसले गाउँलेहरूको आरोपलाई सोझै खण्डन गरेको छ। पुलिसका अनुसार यो घटना सालकुमारहाट क्षेत्रस्थित टिस्टा नदीको किनारमा भएको हो।

गाउँलेहरूको आरोपका अनुसार पुलिसको गोलीले एक युवक घाइते भएका छन्। त्यहीं गाउँलेहरूले तीनवटा पुलिस वाहनमा आगो झोसेको अधिकारीहरूले बताएका छन्। घटनालाई लिएर क्षेत्रमा तनाउ सिर्जना भएको छ।

पुलिस अधीक्षक अमिताभ मैतीले पत्रकारहरूलाई बताएअनुसार यस सम्बन्धमा एउटा मामिला दर्ता गरिएको छ। साथै घटनामा संलग्न मानिसहरू चिह्नित गर्ने पुलिसले कोशिश गरिरहेको छ।

यसका साथै उनले गोलीबारीको घटनाको पनि जाँच गरिने बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here