गोरामुमो नेता अजय एड्वर्डद्वारा चियाश्रमिकहरूलाई मास्क र ग्लभ्स वितरण

0
1600

दार्जीलिङ, 21 अप्रेलः गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटीका अध्यक्ष अजय एड्वर्डले पोख्रेबुङ-नागरी समष्टिका आठवटा चियाकमानको भ्रमण गरी ती चियाकमानका श्रमिकहरूलाई मास्क र ग्लभ्स वितरण गरेका छन्।

केही दिनयता गोरामुमो नेताले एड्वर्डले यस प्रकारका सामाजिक अभियानको निरन्तरता दिँदै आइरहेका छन्।

यसै अभियानलाई अघि बढ़ाउँदै उनले हिजो (सोमवार) पोख्रेबुङ-नागरी समष्टिका आठवटा चियाकमानका श्रमिकहरूलाई कोरोना भाइरसको सङ्क्रमणबाट बचाउनका लागि मास्क र ग्लभ्स वितरण गरेको गोरामुमो मिडिया सेलका प्रभारी दिनेश साम्पाङले बताए।

उनका अनुसार गोरामुमो ब्राञ्च कमिटीका अध्यक्ष अजय एड्वर्डले हिजै सुके बस्तीमा 120 वटा मास्क र ग्लभ्स वितरण गरेका थिए।

यसैगरी चामुङ चियाकमानको तामाङ गोठ गाउँमा 110, गोदाम गाउँमा 20, सेलेम्बुङ चियाकमानमा 80, पोख्रेबुङ, साङ्मा र टर्जम चियाकमानमा 160, सम्रिकपानीमा 50, तल्लो मगरजुङमा 50, नागरीफार्ममा 100, मास्क र 150 ग्लभ्स र धजेमा 120 मास्क र 150 ग्लभ्स वितरण गरेका छन्।

गोरामुमोका यो सामाजिक सेवा अभियानका लागि ब्राञ्च अध्यक्ष अजय एड्वर्डप्रति यी आठवटै चिया चियाकमानका श्रमिकहरूलगायत पोख्रेबुङ-नागरी समष्टिका अध्यक्ष अजय एड्वर्डप्रति आभार प्रकट गरेका छन्।

अर्कोतिर हिजै एड्वर्डको दार्जीलिङ नगरपालिकाअन्तर्गत वार्ड नम्बर-2 बतासेका 17 विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको जानकारी पनि मिडिया प्रभारी साम्पाङले गराएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here