गान्तोक, ९ जनवरी : राज्यको प्रमुख विपक्षी दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-का अध्यक्ष पीएस गोलेले जनतालाई सत्तारूढ़ सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)- ले दिएको सस्तो सहुलियतमा नफँसिने आह्वान गरेका छन्।
बुधवारदेखि रिञ्जेनपोङ क्षेत्रमा शुरु भएको पार्टी परिवर्तन सङ्कल्प यात्राको क्रममा त्यहाँका जनतालाई गोलेले यस्तो आह्वान गरेका हुन्। उनलाई रिञ्जेनपोङमा भव्य स्वागत जनाइएको थियो। एक प्रेस विज्ञप्ति जारी गरी एसकेएमका प्रचार प्रसार उपाध्यक्ष वीरेन्द्र तामलिङले जानकारीका अनुसार बुधवार यात्राका क्रममा एसकेएम अध्यक्षले कामलिङ-सुल्दुङका जनतासँग भेट गरी ती जनताहरूको समस्या र गुनासो सुने।
यसअवधि गोलेले त्यहाँका जनतालाई परिवर्तनका लागि सङ्कल्पित बन्ने आह्वान गर्दै एसडीएफ सरकारले दिएको सस्तो चामल, ब्ल्याङकेट, ८९ दिनको एडहक र एमआरको नोकरीमा नभुलिने र नफँसिने आह्वान गरे। गोलेले यसैक्रममा एसडीएफ सरकारले २५ वर्ष केवल जनतालाई अलमलाएको र दीर्घमियादी र ठोस कुनै कार्य नगरेको आरोप लगाए। क्षेत्रका पार्टी कार्यकर्ता
तामलिङले विज्ञप्तिमा उल्लेख गरेअनुसार यात्राको क्रममा पार्टी अध्यक्षले तृणमूलस्तरसम्म पुगेर कार्य गर्ने आफ्ना कार्यकर्ताहरूलाई सुझाए।