रङ्मुक-सिडर्सका श्रमिकहरूलाई मास्क र अन्य सामग्री प्रदान गर्नुपर्ने डीटीडीपीएलयूको माग

0
1020

जेबी तामाङ (फाइल फोटो)।

दार्जीलिङ, 21 अप्रेलः विनय तामाङपन्थी गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन (डीटीडीपीएलयू)-ले जीटीए बीओए अध्यक्ष अनित थापालाई शीघ्र रङ्मुक-सिडर्स चियाकमानका श्रमिकहरूलाई मास्क तथा अन्य सामग्रीहरू प्रदान गरिदिने माग गरेको छ।

डीटीडीपीएलयूका कार्यकारी अध्यक्ष जेबी तामाङले यस विषय लिएर आज जीटीए अध्यक्ष थापासँग कुराकानी गरेको पनि बताएका छन्।

तामाङले हाल कतिपय चियाकमानका श्रमिकहरूलाई प्रबन्धनपक्षले मास्क, सेनिटाइजर आदि उपलब्ध नगराएको बताउँदै यस्ता चियाकमानका श्रमिकहरूलाई आवश्यक सामग्री प्रदान गर्नुपर्ने जीटीए अध्यक्षसमक्ष माग गरेका छन्।

‘‘केन्द्र सरकारले 50 प्रतिशत चियाश्रमिक लगाएर चियाकमानहरूमा पनि काम शुरू गराउने दिएको निर्देशलाई स्वीकार गरेर नै राज्य सरकारले पनि चियाकमान खुल्ला गर्ने निर्णय लिएको हो। तर, 50 प्रतिशत श्रमिकको सट्टा राज्यले केवल 25 प्रतिशत चियाश्रमिक मात्रै लगाएर काम गराउने निर्देश दिएको थियो’’, उनले थपे, ‘‘जसका अनुसार, सरकारले श्रमिकहरूको स्वास्थ्य सुरक्षाका लागि मास्क, सेनिटाइजर तथा अन्य आवश्यक सामग्रीहरू प्रदान गर्नुपर्ने पनि निर्देश दिएको थियो। तर, उक्त निर्देशलाई दार्जीलिङ पहाड़का धेरैवटा चियाकमानले अमान्य गरिरहेका छन्।‘’

यसैले सुरक्षाका आवश्यक सामग्री प्राप्त नगर्ने चियाश्रमिकहरूका लागि जीटीएले नै उचित व्यवस्था गरिदिने माग गरिएको तामाङले बताए।

जसमा भोलि नै जीटीए अध्यक्ष थापाले रङ्मूक-सिडर्स चियाकमानका श्रमिकहरूलाई आवश्यक सामग्री प्रदान गर्ने आश्‍वासन दिएको पनि तामाङले जनाए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here