कोलकाता, 22 अप्रेलः 24 परगनामा पुलिस र जनताबीच झपड़को घटना प्रकाशमा आएको छ।
जानकारीका अनुसार राशन वितरण वितरणमा पक्षपातलाई केन्द्र गरी 24 परगना जिल्लाको बदुरियामा पुलिस र स्थानीय मानिसहरूबीच झड़प भएको हो। एकैक्षणमा उक्त झड़पले हिंसक रूप लिएको थियो।
स्थानीय मानिसहरूले राशन वितरणमा पक्षपात गरिएको आरोप लगाएको छ। जसको कारण पनि उनीहरू आक्रोशित बनेका थिए।
प्राप्त जानकारीका अनुसार केही दिनदेखि राशिन नपाएको कारण स्थानीय मानिसहरू आक्रोशित बनेका थिए। झपड़मा पाँच पुलिसकर्मी घाइते भएको बताइएको छ।
टीभी रिपोर्टका अनुसार जब पुलिसकर्मीहरू स्थानीय मानिसहरू सम्झाउनका पुगे, केही मानिसले उनीहरूमाथि जाइलागे। भिडियोमा एक पुलिसकर्मीले महिलामाथि लाठीचार्ज गरिरहेको पनि देखिएको छ।
रिपोर्टका अनुसार झड़पमा एक पुलिस अधिकारीको शिरमा गम्भीर चोट लागेको छ। घाइते पुलिसकर्मीहरूलाई उपचारका लागि स्थानीय एक अस्पतालमा भर्ना गरिएको छ।