बङ्गालका अस्पतालहरूका कोभिड-19 वार्डमा मोबाइल लैजान प्रतिबन्ध

0
1091
प्रतीकात्मक तस्वीर।

कोलकाता, 23अप्रेलः राज्य सरकारले बङ्गालका सबै अस्पतालका कोभिड-19 वार्डमा मोबाइल फोन लैजान प्रतिबन्ध लगाएको छ।

रोगी, चिकित्सक र अन्य स्वास्थ्यकर्मी कसैले पनि कोभिड-19  वार्डमा मोबाइल फोन लिएर जान नपाउने सरकारले बताएको छ।  मोबाइलबाट पनि कोरोनाभाइरस सङ्क्रमणको जोखिम रहेको सरकारको भनाइ छ।

“चिकित्सक, स्वास्थ्यकर्मी र बिरामीहरूलाई अस्पतालभित्र मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाइएको छ”, राज्यका मुख्य सचिव राजीव सिन्हाले थपे, “आइसोलेशन वार्डमा बिरामीहरूका लागि ल्यान्डलाइन र इन्टरकम लगाइनेछ।”

अर्कोतिर राज्य सरकारको यस्तो फैसलालाई भारतीय जनता पार्टीले एक भाइरल भिडियोसँग जोड़ेको छ।

केन्द्रिय मन्त्री बाबुल सुप्रियोले राज्य सरकारको यस्तो फैसलालाई एक भाइरल भिडियोसँग जोड़ेर हिजो धेरैपटक ट्विट गरेका थिए। ट्विटमा उनले उक्त भिडियो पनि पोस्ट गरेका छन्।

भिडियो कोलकाताको नोडल अस्पतालहरूमध्ये एक एमआर बाङ्गुरको एक आइसोलेशव वार्डभित्र एक कोभिड-19 बिरामीले लिइएको थियो।

भिडियोमा दुई शव वेडमा लड़िरहेको पनि देखिएको छ, जुन शवलाई त्यहाँबाट हटाउने प्रतीक्षा गरिरहेको देखिन्छ। कहाँसम्म अन्य बिरामी यताउता घुमिरहेको तथा चिकित्सकहरूको प्रतीक्षा गरिरहेको देख्न सकिन्छ।

भिडियो बनाउने व्यक्तिले शव दुई-तीन घण्टादेखि बेडमै रहेको बताइरहेको सुन्न सकिन्छ। शवमध्ये एउटालाई प्लास्टिकको च्यादर र अर्कोलाई लुगाको ढाकेको देख्न सकिन्छ।

शवको दुवैतिर अन्य बिरामीहरू बसिरहेको देखिएको छ।

केन्द्रिय मन्त्री बाबुल सुप्रियोले भिडियो ट्विट गरी ममता ब्यानर्जी सरकारसँग यसको सत्यता पुष्टि गर्नुपर्ने बताएका छन्।

स्रोत-एनडीटीभी

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here