अन्तर्मन्त्रालय केन्द्रिय टोलीद्वारा कालेबुङ भ्रमण

0
1523

कालेबुङ, 25 अप्रेलः कोरोना भाइरसका कारण उत्पन्न स्थितिको जमिनी सत्यता र लकडाउनको अवस्थाबारे बुझ्न कालेबुङ आइपुगेको अन्तर्मन्त्रालय केन्द्रिय टोलीले शहरका केही पसले र मानिस कुराकानी गरेपछि सिलगढ़ी फर्कियो।

यसअवसरमा जिल्ला प्रशासनबाट एकैजना अधिकारी पनि उपस्थित रहेनन्। यसअवसरमा जिल्ला प्रशासनबाट एकैजना अधिकारी पनि उपस्थित रहेनन्। टोली करिब 20 मिनट शहरमा रह्यो।

मानव संसाधन विकास विभागका अतिरिक्त सचिव विनीत जोशीको नेतृत्वमा पाँच सदस्यीय टोली आज मध्याह्न करिब 12.30 बजे कालेबुङ आइपुगेका थिए।

उनीहरूले 10 माइल टुनीबोटे र यसका छेउछाउका केही पसले र स्थानीय मानिससँग कुराकानी गरे।

यद्यपि टोलीका सदस्यहरू अस्पताल, कोरोना सङ्क्रमित परिवारको घर पुग्न सकेनन्। यसबारे सोधिएको एक प्रश्नको उत्तरमा टोलीका सदस्य  अजय गङ्गवारले जिल्ला प्रशासनले असहयोग गरेकै कारण अस्पताल र कोरोना पीड़ित परिवारको घर चिह्नित गर्न गाह्रो परेको बताए।

उनका अनुसार कालेबुङ जानका लागि जिल्ला प्रशासनले नरोक्ने तर भेट्नका लागि कुनै समय पनि नरहेको बताएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here