भारतीय गोर्खा महिला परिसङ्घद्वारा राहत सामग्री वितरण

0
984

कालेबुङ, 26 अप्रेलः भारतीय गोर्खा महिला परिसङ्घ कालेबुङले शनिवार कालेबुङस्थित नेत्रहीन सङ्गठनलाई राहत सामग्री वितरण गऱ्यो।

कोरोना भाइरसको प्रकोपलाई रोक्नलाई लागि गरिएको लकडाउनका कारण नेत्रहीन सङ्गठनले भोगिरहेका समस्यालाई ध्यानमा राखेर हिजो महिला परिसङ्घले राहत सामग्री वितरण गरेको शाखाकी प्रचार प्रसार सचिव पुण्य लामाले जानकारी गराएकी छन्।

शाखाकी सल्लाहकार दीपा रानी ठकुरीले पहलमा राहत सामग्री वितरण भूतपूर्व सैनिकहरूले सहयोग पुऱ्याएका थिए। यस सहयोगका लागि उनीहरूप्रति आभार प्रकट गरेका छन्।

अर्कोतिर नेत्रहीन सङ्गठनका सदस्यहरूले राहत सामग्रीका लागि भारतीय गोर्खा महिला परिसङ्घ कालेबुङ शाखाप्रति आभार प्रकट गरेको पनि लामाले बताएकी छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here