कोरोनाले चिकित्सकको मृत्यु, डाक्टर्स फोरमले भन्यो- राज्यमा संसाधनको कमी

0
1196
साङ्केतिक तस्वीर।

कोलकाता, 26 अप्रेलः कोरोना भाइरसका कारण राज्यका मेडिकल अफिसर डा. बिप्लव कान्ति दासगुप्ताको मृत्यु भएको छ। उनी स्वास्थ्य विभागका अतिरिक्त निर्देशकको पदमा थिए।

कोरोना सङ्क्रमित यी दासगुप्ता केही दिनअघि कोलकातास्थित एक प्राइभेट नर्सिङ होममा भर्ना भएको थिए। जानकारीका अनुसार  राति उनको मृत्यु भएको हो।

रिपोर्टका अनुसार कोरोना भाइरसका कारण बङ्गालमा पहिलोपटक डाक्टरको निधन भएको हो।

अर्कोतिर उनको मृत्युका केही समयपछि राज्यका डाक्टरहरूको सङ्गठन वेस्ट बेङ्गल डाक्टर्स फोरमले राज्यमा कोरोना उपचारका लागि संसाधनहरूको कमी रहेको बताएको छ।

यसका साथै फोरमले राज्यका सबै स्वास्थ्यकर्मीको कोरोना टेस्ट र पर्याप्त मात्रामा पीपीई किटको व्यवस्था गरिनुपर्ने माग गरेको छ।

‘कोरोनाको उपचारमा आईसीएमआरको दिशानिर्देशको कठोरतापूर्वक पालन गरिनुपर्छ’, डाक्टर्स फोरमले भनेको छ। यसका साथै उपचार चलिरहेका र क्वारेन्टिनमा रहेका स्वास्थ्यक्रमीहरूको स्थितिलाई लिएर राज्य सरकारले छुट्टै बुलेटिन जारी गर्नुपर्ने फोरमको माग छ।

‘पछिल्ला केही सातायता लगातार स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भइरहेका छन्। यसमध्ये केही त कोरोना सङ्क्रमित भए तापनि लक्षण देखिएको छैन’, राज्यका डाक्टरहरूले भनेका छन्।

फोरमका अनुसार यो गम्भीर विषय हो। यसमाथि राज्य सरकारले तत्कालै केही सोच्न पर्नेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here