कालेबुङ, 27 अप्रेलः कालेबुङदेखि सुदूर कागेमा आज अपराह्न एउटा घर जलेर खरानी भएको छ।
स्थानीयवासी सीपी खतिवड़ाले जानकारीका अनुसार आज अपराह्न करिब 3 बजे बीच कागेनिवासी तुलसीराम छेत्रीको घर जलेर खरानी भएको हो।
सट् सर्किटका कारण आगलागी भएको बताइएको छ। जानकारीका अनुसार जतिबेला छेत्रीको घरमा आगलागी भयो, त्यसबेला परिवार कोही सदस्य घरमा थिएनन्।
परिवारका सदस्यहरू घरमा नभएकाले घरभित्रका एउटै समान पनि निकाल्न नपाएको बताइएको छ। जानकारीका अनुसार घरभित्र रहेका सरसमान, कागज-पत्रलगायत अन्य सबै सम्पत्ति जलेर खरानी भएको छ।
काठ र च्यादरको घर भएकोले आगो तीव्र गतिमा फैलिएको थियो।
स्थानीयहरूका अनुसार खेती किसान गरेर जीविका धान्ने छेत्री परिवार घटनाको समय छेवैका खेतमा काम गरिरहेका थिए।
आगलागीमा घर खरानी भएको कारण छेत्री परिवार बिचल्लीमा परेका छन्।
घटनाबारे थाह पाएलगत्तै गाउँलेहरू जुटेर आगो निभाउने कोशिश गरे तापनि आगोले उग्र रूप लिएको कारण उनीहरूले घरभित्रका एउटै समान बचाउन सकेनन्।