बलिउड अभिनेता इरफान खानको निधन

0
1320

मुम्बई, २९ अप्रेलः बलिउड अभिनेता इरफान खानको आज ५४ वर्षको उमेरमा निधन भएको छ।

कोलन इन्फेक्शनका कारण लामो उनी लामो समयदेखि उपचाररत् थिए। मुम्बईस्थित कोकिलाबेन अस्पतालमा भर्ना गरिएको थियो।

उल्लेखनीय छ, २०१८ मा इरफान खानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको पत्तो लागेको थियो। त्यसपछि लन्डनमा उनको उपचार भएको थियो।

स्वस्थमा सुधार आएपछि इरफान भारत फर्केका थिए। त्यसपछि उनले कोकिलाबेन अस्पतालकै डाक्टरहरूको देखरेखमा उपचार गराइरहेका थिए।

पछिल्ला धेरै महिनायता उनले यसै अस्पतालमा रुटिन चेकअफ गराइरहेका थिए। हिजो भर्ना भएका थिए।

स्मरणरहोस्, चार दिनअघि मात्र उनकी आमा साइदा बेगम (९५)-को जयपुरमा निधन भएको थियो। तर लकडाउनका कारण इरफान आफ्नी आमाको अन्तिम संस्कारमा उपस्थित हुनसकेका थिएनन्।

जानकारीका अनुसार इरफान खानको आज बेलुकी ५ बजे अन्तिम संस्कार गरिनेछ। लकडाउनका कारण उनको अन्तिम संस्कारमा बलिउडका कलाकारहरू उपस्थित नहुने बताइएको छ।

बलिउड अभिनेता इरफानको निधनले बलिउड शोकमा डुबेको छ। अमिताभ बच्चन, शबना आजमीजस्ता प्रख्यात कलाकारहरूले उनको निधनमा शोक प्रकट गरेका छन्।

अर्कोतिर  प्रधानमन्त्री नरेन्द्र मोदील, राहुल गान्धी, राजस्थानका मुख्यमन्त्री अशोक गेहलोतले पनि ट्विट गरी इरफान खानको निधनमा शोक प्रकट गरेका छन्।

उल्लेखनीय छ, यसै वर्षको मार्च महिनाको उनको फिल्म ‘अंग्रेजी मीडियम’ रिलिज भएको थियो। जुन फिल्मलाई दर्शकहरूले धेरै रुचाएका थिए।

इरफान खानले ‘मकबूल’, ‘लाइफ अन अ मेट्रो’, ‘द लंच बक्स’, ‘पीकू’, ‘तलवार’, ‘हिन्दी मीडियम’ र ‘अंग्रेजी मीडियम’ जस्ता उत्कृष्ट फिल्ममा काम गरे।

उनले ‘हासिल’ (नेगिटिभ रोल), लाइफ इन अ मेट्रो (बेस्ट एक्टर) पान सिंह तोमर (बेस्ट एक्टर क्रिटिक) र हिन्दी मीडियम (बेस्ट एक्टर) जस्ता फिल्मफेयर अवार्ड जिते।

यसका साथै कलाको क्षेत्रमा दिइने देशका चौथो सर्वोच्च सम्मान पद्मश्री पनि उनले प्राप्त गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here