दार्जीलिङ र कालेबुङसहित उत्तर बङ्गालका चार जिल्ला रेड जोनमा

1
1585

दार्जीलिङ, 1 मईः स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयद्वारा जारी सूचीका अनुसार उत्तर बङ्गालमा चार जिल्ला क्रमैले दार्जीलिङ, कालेबुङ, जलपाइगढ़ी र मालदा रेड जोनमा परेका छन्।

यसभन्दा अघि यी चार जिल्ला ओरेञ्ज जोनमा थियो। बिहीवारसम्म ओरेञ्ज जोनमा रहेका यी जिल्लाहरू रेड जोनमा रातोरात परिणत भएको छ।

दार्जीलिङ र कालेबुङ रेड जोनमा परेपछि यी दुवै जिल्लामा लकडाउन कठोरतापूर्वक पालन गरिने स्पष्ट भएको छ। यसभन्दा अघि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आउँदो सोमवारदेखि ग्रीन जोनमा सतर्कतालाई पूर्ण ध्यानमा राखेर वाहन, दोकान र साना उद्योगहरूलाई खुला राख्ने केही  दिनअघि घोषणा गरेकी थिइन्।

यी चार जिल्लासँग कोलकाता, हावड़ा, पूर्व मेदिनीपुर, पश्चिम मेदिनीपुर, उत्तर 24 परगना, दक्षिण 24 परगना पनि रेड जोनमा परेका छन्।

हिजो राति चारवटा कोरोना पोजिटिभ पाएको अलिपुरद्वार जिल्ला भने ग्रीन जोनमा रहेको छ।

उल्लेखनीय छ, दिल्ली एम्समा उपचार गराएको एम्बुलेन्समार्फत् राज्य फर्केका चारजनाको कोरोना टेस्ट पोजिटिभ आएको छ। पोजिटिभ भेटाइएकाहरूमध्ये दुईजना अलिपुरद्वारका र दुईजना कोचबिहारका हुन्।

यसबारे प्रशासनको तर्फबाट विस्तृत रूपमा केही नबताए तापनि चारजनाको रिपोर्ट पोजिटिभ आएको स्वीकारेको छ।

यी चारजनाको कोरोना टेस्ट पोजिटिभ आएपछि केही दिन ढुक्कको स्थिति बनेको उत्तर बङ्गालमा पुनः डर बढ़ेको छ।

उल्लेखनीय छ, देशका 130 जिल्ला रेड जोन, 284 जिल्ला ओरेञ्ज जोन र 319 जिल्ला ग्रीन जोनमा परेका छन्।

1 टिप्पणी

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here