तोकिएको परिमाणको राशन नपाएपछि मुर्शिदाबादमा डिलरको घर तोड़फोड़

0
1128
फोटो साभार-जी न्युज।

मुर्शिदाबाद, २ मईः राज्य सरकारद्वारा तोकिएको राशन नपाएका कारण असन्तुष्ट बनेका मानिसहरूले धरना प्रदर्शन गरेका छन्।

यो धरना प्रदर्शन केही क्षणमै हिंसक बनेको थियो भने आक्रोशित मानिसहरूले क्षेत्रका एक राशन डिलरको घर तोड़फोड़ गरेका छन्।

यी राशन डिलरले पर्याप्त राशन नबाँड़ेको स्थानीय मानिसहरूको आरोप छ।

जानकारीका अनुसार सयौंका सङ्ख्यामा स्थानीय मानिसहरूले क्षेत्रका एक राशन डिलर हलिम सेखको घर घेराउ गरी धरना प्रदर्शन शुरु गरे।

यति मात्र होइन, सरकारद्वारा तोकिएको राशन नपाएका कारण आक्रोशित भिड़ले सेखको घरमा तोड़फोड़ गरे। साथै घरका सामानहरू सड़कमा निकालेर आगो लगाए।

घटनाको जानकारीका पाएलगत्तै स्थानीय प्रशासन घटनास्थलमा पुगेको थियो। पुलिसले पनि मानिसहरूको आक्रोशको सामना गर्न परेको थियो।

स्थानीय मानिसहरूका आरोपका अनुसार सरकारद्वारा तोकिएको राशनभन्दा आधा राशन मात्र  डिलर हलिम सेखले बाँड़िरहेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here