घरेलु उपभोक्ताहरूको बिजुलीको बिल माफ गरिदिने ममतालाई बिष्टको अनुरोध

0
1855

दार्जीलिङ, २ मईः सांसद राजु बिष्टले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई लकडाउनअवधिको राज्यका सबै घरेलु उपभोक्ताहरूका लागि बिजुली बिल माफ गरिदिने अनुरोध गरेका छन्।

बिष्टका अनुसार कोभिड-१९ को महामारीले पश्चिम बङ्गालमा ठूलो आर्थिक र सामाजिक समस्या निम्ताएको छ।

विशेषगरी उत्तर बङ्गाल, जहाँका अधिकांश मानिस चियाकमान र दैनिक मजदुरीमा निर्भर रहेका कारण क्षेत्रका मानिसहरूलाई आफ्ना आधारभूत आवश्यकता पूरा गर्न गाह्रो भइरहेको उनको भनाइ छ।

यसैले लकडाउनअवधिका सबै घरेलु उपभोक्तालाई बिजुलीको बिल माफी गरिदिने बिष्टले मुख्यमन्त्रीसँग अनुरोध गरेका हुन्।

यस्तो विषम परिस्थितिमा पश्चिम बङ्गाल सरकारले लकडाउनअवधिको बिजुलीको बिलमा छुट दिएको खण्डमा सङ्कटमा परेका मानिसहरूलाई ठूलो सहयोग पनि सांसदको भनाइ छ।

यसका साथै मुख्यमन्त्री ममता ब्यानर्जीले जनताको पक्षमा निर्णय लिँदै राज्य सबै घरेलु उपभोक्ताको बिजुली बिल माफी गर्नेछिन् भन्ने कुरामा आफू विश्वस्त रहेको सांसद राजु बिष्टले बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here