अर्को खुशीको खबरः नर्सका पति र छोरोले पनि पाए अस्पतालबाट छुट्टी

0
1171

सिलगढ़ी, ३ मईः उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा कार्यरत् दार्जीलिङनिवासी नर्स अञ्जली राईका पति र छोरोले अस्पतालबाट छुट्टी पाएका छन्।

दुवै स्वस्थ बनेपछि आज बेलुकी डा. च्याङ सुपर स्पेशअलिटी अस्पतालबाट छुट्टी पाएका हुन्। हिजो र आज  दुवैको रिपोर्ट लगातार दुईपटक नेगिटिभ आएको छ।

यसभन्दा अघि  नर्स अञ्जली राई र उनकी आमाले अस्पतालबाट छुट्टी पाएका थिए।

स्मरणरहोस्, कोरोना सङ्क्रमित कालेबुङनिवासी महिलाको उपचारमा खटिएकी नर्स अञ्जली राईको कोरोना टेस्ट रिपोर्ट १२ अप्रेलका दिन पोजिटिभ आएको थियो।

त्यसपछि १३ अप्रेलका दिन उनका पति तथा १४ अप्रेलका दिन उनकी आमाको रिपोर्ट पोजिटिभ आएको थियो। यद्यपि त्यसबेला दुई वर्षे छोरोको रिपोर्ट भने नेगिटिभ आएको थियो।

परिवारका तीनैजना ठूलाको रिपोर्ट पोजिटिभ आएर अस्पतालमा भर्ना हुन परेपछि नानीलाई हेर्ने कोही नभएका कारण उनीहरूले ती दुई वर्षे छोरोलाई पनि आफूहरूसँगै अस्पतालमै लिएर गएका थिए भने पछिल्लो २३ अप्रेलका दिन छोरोको रिपोर्ट पनि पोजिटिभ आएको थियो।

यसैबीच अञ्जली र उनकी आमाको लगातार दुईपटक रिपोर्ट निगेटिभ आएका कारण  दुवैले पछिल्लो २८ अप्रेलका दिन डा. च्याङ सुपर स्पेशअलिटी अस्पतालबाट छुट्टी पाएका थिए।

तर, त्यसबेला दुवैपटक अञ्जली राईका पति र छोरोको टेस्ट भने पोजिटिभ नै आएका कारण अस्पतालमै उपचाराधीन थिए। यद्यपि हिजै र आज दुवैको रिपोर्टको लगातार नेगिटिभ आएका कारण आज बेलुकी छुट्टी पाएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here