खरसाङका डाक्टरको पहिलो टेस्ट नेगिटिभ

0
1100
प्रतीकात्मक तस्वीर।

खरसाङ, ३ मईः एसबी डे अस्पतालको क्वारेन्टिन सेन्टरमा रहेको खरसाङ अस्पतालका डाक्टरको पहिलो टेस्ट नेगिटिभ आएको छ। जसको फलस्वरूप खरसाङवासीले केही राहतका सास फेरेका छन्।

यी डाक्टरको थप अर्को टेस्ट गरिनेछ। यदि उक्त टेस्ट पनि नेगिटिभ आएमा उनलाई क्वारेन्टिनबाट छुट्टी दिइने बताइएको छ।

स्मरणरहोस्, यी चिकित्सकलगायत २९ जना डाक्टर २८ अप्रेलका दिन कोलकाताबाट एसी बसमा सवार भई सिलगढ़ी फर्केका थिए।

उक्त एसी बसमा सवार उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको आँखा विभागका एकजना सिनियर डाक्टर कोरोना टेस्ट हिजो (शुक्रवार) पोजिटिभ आएको थियो।

यसैले सतर्कता अपनाउँदै खरसाङ अस्पतालका यी डाक्टरलाई आजदेखि क्वारेन्टिनमा राखिएको थियो। अर्कोतिर, कोलकाताबाट फर्केपछि यी डाक्टर खरसाङका दुईवटा औषधि पसल हनुतराम र कृष्ण मेडिकोका प्राइभेट च्याम्बरमा पनि गएर केही रोगी हेरेका थिए।

यसैले सतर्कता अपनाउँदै यी दुइवटै औषधि पसललाई पनि हिजोदेखि केही समयका लागि बन्द राखिएको छ।यसैबीच, जीटीए बीओएका अध्यक्ष अनित थापाले क्वारेन्टिन बसेका यी डाक्टर दोस्रो एवं फाइनल टेस्टको रिपोर्ट आउँदो ७ मईका दिन बताएका छन्।

थापाले मानिसहरू आतङ्कित नबन्ने तर सतर्क रहने अपील समेत गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here