आन्ध्र प्रदेशमा ग्यास लिक हुँदा ८ जनाको मृत्यु, ५ हजारभन्दा अधिक बिरामी

1
1571
फोटो स्रोतः एएनआई ट्विटर।

विशाखापट्टनम, ७ मईः आन्ध्र प्रदेशको विशाखापट्टनमस्थित एक प्लान्टमा अचानक केमिकल ग्यास लिक हुँदा ८ जनाको मृत्यु भएको छ भने ५ हजारभन्दा अधिक बिमारी भएका छन्।

मर्नेहरूमा एक ८ वर्षीय बालिकासमेत रहेको बताइएको छ। समाचार लेखुञ्जेलसम्म धेरै मानिस बेहोश भएर सड़कमा लड़िरहेका थिए।

यो बीभत्स घटना विशाखापट्टनमको आरआर वेङ्कटपुरम गाउँस्थित एलजी पोलिमर इन्डस्ट्रीमा भएको हो।

घटनास्थलमा राहत कार्य जारी छ। बिमारी बनेकाहरूलाई अस्पताल लगिँदैछ। धेरैले आँखा पोलेको तथा सास फेर्नमा कठिन भइरहेको बताएका छन्।

घटनास्थलमा पुलिसकर्मीसँगै अग्निशमन विभागका कर्मचारी र एम्बुलेन्स तैनाथ रहेका छन्।

रिपोर्टका अनुसार अहिलेसम्म ८ जनाको मृत्यु भएको छ, जसमा दुईजना वृद्ध, र एकजना ८ वर्षीय बालिका पनि सामेल छन्।

यो घटना आज बिहानै भएको हो। ग्यास लिक भएको कारण प्लान्टदेखि तीनकिलोमिटर टाढ़ासम्मका मानिसहरू त्रसित बनेका छन्।

केमिकल ग्यास के कारण लिक भएको हो, त्यसबारे पत्तो लाग्न सकेको छैन।

स्रोत-नवभारत टाइम्स

1 टिप्पणी

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here