औरङ्गाबाद, ८ अप्रेलः रेलको लिकमा सुतिरहेका करिब १६ जना प्रवासी मजदुरलाई मालगाड़ीले काट्दा बीभत्स मृत्यु भएको छ। यो घटना महाराष्ट्रको औरङ्गाबादमा घटेको हो।
मर्नेहरूमा मदजुरका नानीहरू पनि सामेल छन्। घटना आज बिहानै करिब ६ बजे करमाड पुलिस स्टेशन थानाअन्तर्गत क्षेत्रमा भएको हो।
दक्षिण मध्य रेलवेका सीपीआरओका अनुसार घटना करमाडनजिक भएको हो। एसपी मोक्षदा पाटिलले दुर्घटनामा १६ जनाको मृत्यु भएको बताएका छन्। जबकि तीनजना बाँच्न सफल भएका छन्।
दुर्घटनामाथि प्रधानमन्त्रीले दुःख व्यक्त गरेका छन्। अर्कोतिर रेल मन्त्री पीयूष गोयलले घटनाको जाँचको आदेश दिएका छन्।