पछिल्लो २४ घण्टामा १२७३ जना स्वस्थ, कोरोनाबाट निको हुनेहरूको कुल सङ्ख्या १६,५४०

0
1180
स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवाल (फोटोः एएनआई ट्विटर)

नयाँ दिल्ली, ८ अप्रेलः देशमा कोरोना भाइरसको बढ़्दो मामिलाबीच राहतको खबर पनि आएको छ। स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालका अनुसार देशमा रिकभरी रेट बढ़ेर २९.३६ प्रतिशत भएको छ।

अर्थात् प्रत्येक तीनजना कोरोना सङ्क्रमितमध्ये एकजना स्वस्थ भइरहेका भएका छन्।

पछिल्लो २४ घण्टामा मात्र १२७३ जना स्वस्थ भएका छन्। अहिलेसम्म १६,५४० जना कोरोना सङ्क्रमित मानिस स्वस्थ भएर आ-आफ्नो घर फर्किसकेका छन्।

संयुक्त सचिवका अनुसार बिहीवारसम्मको आँकड़ाका अनुसार ३.२ प्रतिशत बिरामी अक्सिजन सपोर्टमा, ४.७ प्रतिशत बिरामी आईसीयू सपोर्टमा र १.१ प्रतिशत बिरामी भेन्टिलेटर सपोर्टमा छन्।

उनले जानकारी गराएअनुसार देशका २१६ जिल्लामा अहिलेसम्म कोरोना भाइरसको कुनै मामिला देखिएको छ। त्यसैगरी ४२ जिल्लामा पछिल्ला २८ दिनदेखि कुनै मामिला प्रकाशमा आएको छैन।

यसैगरी देशका २९ जिल्लामा पछिल्ला २१ दिनदेखि कोरोना भाइरसको मामिला देखिएको छैन। यस्तै ३६ जिल्लामा १४ दिनदेखि कुनै मामिला देखिएको छैन।

अर्कोतिर देशमा ४६ जिल्लामा पछिल्लो सातदिनयता कोरोना भाइरसको एउटै मामिला देखिएको छैन।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here