नयाँ दिल्ली, ९ अप्रेलः कोरोना भाइरसको बढ़्दो सङ्क्रमणबीच केन्द्र सरकारले कोरोनाबाट निको भएका मानिसहरूको डिस्चार्ज पोलिसीमा परिवर्तन गरेको छ।
नयाँ पोलिसीका अनुसार अब सामान्य मामिलामा डिस्चार्ज गर्नअघि टेस्टको कुनै आवश्यकता रहेन।
त्यसैगरी कोरोना बिरामीमा कुनै लक्षण नदेखिएको खण्डमा, अवस्था सामान्य रहेमा १० दिनमै अस्पतालबाट छुट्टी दिनसकिनेछ।
डिस्चार्जपछि बिरामी १४ दिनको सट्टा अब ७ दिनको होम आइसोलेशन बस्नुपर्नेछ।
डिस्चार्जको १४औं दिनमा टेली-कन्फ्रेन्समार्फत बिरामीको फलोअप गरिनेछ।
स्रोतः नवभारत टाइम्स