नयाँ दिल्ली, १० मईः उत्तर सिक्किमस्थित भारत-चीन सीमामा भारतीय र चिनियाँ सैनिकबीच टकराउको खबर छ।
भारतीय सेना सूत्रले बताएअनुसार दुवै पक्षबीच चर्को बहस भएको थियो। यस घटनामा दुवैतर्फका सैनिकहरूलाई सामान्य चोट लागेको बताइएको छ।
सूत्रका अनुसार यद्यपि यस झगड़ालाई स्थानीय स्तरको हस्तक्षेपमा सुल्झाइएको छ।
केही समयको चर्को बहसपछि दुवै तर्फका सैनिक आ-आफ्नो चौकीमा फर्केका थिए।
सेना सूत्रले बताएअनुसार सीमा विवादका कारण दुवै देशका सैनिकबीच यस्ता साना-ठूला विवाद र टकराउ प्रायःजसो हुनेगर्छ।
७३ दिनसम्म चलेको डोक्लम गतिरोधपछि सीमामा लामो समयमा दुई देशका सैनिकबीच विवाद देखिएको हो।
सूत्रका अनुसार जब यस्ता कुनै विवाद सिर्जना हुन्छ, तय प्रोटोकलका अनुसार तनाउलाई सुल्झाइने गरिन्छ।