नयाँ दिल्ली, ११ मईः कोरोना भाइरसको बढ़्दो सङ्क्रमण र लकडाउनको स्थितिलाई लिएर सोमबार गृह र स्वास्थ्य मन्त्रालयको संयुक्त बैठक सम्पन्न भयो।
स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालका अनुसार देशमा रिकभरी रेट ३१.१५ प्रतिशत रहेको छ। पछिल्लो २४ घण्टामा १५५९ जना स्वस्थ भएका छन्। अहिलेसम्म देशमा २०,९१७ जना स्वस्थ भइसकेका छन्।
अर्कोतिर सरकारले कोरोना सङ्क्रमणबाट स्वस्थ भएका मानिसहरूको डिस्चार्ज पोलिसीमा परिवर्तन गरेको पनि संयुक्त सचिव अग्रवालले बताएका छन्।
उनका अनुसार यसो गरिनुका कारण धेरै देशले आफ्नो नीतिमा टेस्ट-आधारित रणनीति र समय-आधारित रणनीतिमा परिवर्तन गरेका छन्।
‘‘कोरोनाको लक्षण लुकाउनु हुँदैन। मानिसहरूले आफै खुलेर अघि आउन पर्नेछ’’, उनले भने।